News Portal

एमाले छोडे पनि वामदेव गौतमको सांसद पद नजाने

हिमालीसंचार संवाददाता
३९९ पटक

काठमाडौँ।
वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ। गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्।

‘राजनीतिक दलबाट निर्वाचित सांसदहरूले दल त्यागेमा उनीहरूको पद जान्छ तर गौतम दलबाट मनोनीत नभएका कारणले पार्टी छोडे पनि पद सुरक्षित रहन्छ’ संविधानविद् भीमार्जुन आचार्यले भने।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गर्ने तीन जना सांसदमध्ये गौतम प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया १ बाट पराजित भएका व्यक्ति हुन्। प्रतिनिधिसभाको त्यही कार्याकालभित्र घुमाउरो बाटोबाट संघीय संसद्मा‌ प्रवेश गरेको भन्दै गौतमको मनोनयनविरुद्ध दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।

गौतमलाई मनोनयन गर्नेबेलामा तत्कालीन नेकपा नेतृत्वको सरकार थियो। अहिले उक्त पार्टीको अस्तित्व छैन।

वामदेव गौतमले दिएको राजिनामा पत्र:

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...