News Portal

  • लुम्बिनीमा मन्त्रिहरुको जिम्मेवारी हेरफेर, मुख्यमन्त्रीको भागमा ९ मन्त्रालय !

    हिमालीसंचार संवाददाता
    ३६१ पटक

    बुटवल। 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा मन्त्रिहरुको कार्य जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार शुक्रबार मन्त्रिहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।

    शुक्रबार प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिअुनसार ग्रामीण तथा शहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई थप पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको छ। सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई थप सहकारी मन्त्रालय र विना विभागीय मन्त्री अजयबहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ।

    सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री रहेका छन्। साथै, जनता समाजवादी पार्टीका दुई मन्त्री पुरमति ढेंगा र सुमन शर्मा रायमाझी भने अझैँ विना विभागीय नै रहेका छन्।

    मुख्यमन्त्री केसीले भने ८ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको विज्ञप्तिमा देखिन्छ। जसअन्तर्गत आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन्।

    चार दलीय गठबन्धनबाट बनेको सरकारमा राष्ट्रिय जनमोर्चाले सहभागी नहुने बताइसकेको छ। हाल सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेका छन् तर, बाँकी रहेका ९ मन्त्रालयमध्ये कुन मन्त्रालय लिने भन्नेबारे दलहरुबीच कुरा मिलेको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हाम्रो पात्रोले सुरु गर्‍यो दर्ता प्रक्रिया, मेटालाई पठाइयो आवश्यक विवरण

    काठमाडौं, भदौ १९ – नेपालमा दर्ता नभएका कारण सरकारले निष्क्रिय सूचीमा राखेका एप्समध्ये ‘हाम्रो पात्रो’...

    फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं, १९ भदौ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध...

    शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

    काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध...

    नेपाली र भूटानी नागरिकका लागि भारत प्रवेशमा सहजता

    काठमाडौं, भदौ १९ – भारत सरकारले २ सेप्टेम्बर २०८२ देखि लागू गरेको नयाँ इमिग्रेसन नियमअनुसार...

    रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

    काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय...