News Portal

माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगायो

हिमालीसंचार संवाददाता
५०२ पटक

काठमाडौं – नव गठित नेकपा (एकिकृत समाजवादी) ले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाएको छ । सरकारमा ६ मन्त्रालय पाउने निश्चित भएपछि एकिकृत समाजवादीले मन्त्री बन्ने ६ जना नेताकै नाम टुंगो लगाएको हो ।

नेकपा (एकिकृत समाजवादी) ६ वटा मन्त्री र एक राज्यमन्त्री पाउने भएको एकिकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै भएकोले टुंगो लागिसकेका नेताहरुको नाम सार्वजनिक नगरिएको पार्टी श्रोतले बताएको छ । मन्त्री बन्ने ६ जना नेताको नाम टुंग्याएर राज्यमन्त्री बन्ने एक जनाको मात्रै विकल्प रहेको बताइएको छ ।

गठबन्धन सरकारमा एकिकृत समाजवादीले कुन–कुन मन्त्रालय पाउने भन्ने पक्का नभएकोले मन्त्रीहरुको बरियता के हुने भन्ने एकिकृत समाजवादीले टुंग्याउन सकेको छैन । हाल मन्त्री बन्ने पक्का गरिएका भनिएका नामहरुमा जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेम आले रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हालि सकेका श्रेष्ठ काठमाडौंको क्षेत्र नं. ८ बाट विजयी सांसद हुन् भने खतिवडा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट विजयी सांसद हुन् । चौधरी दाङब, श्रेष्ठ तनहुँ र आले डोटीबाट निर्वाचित सांसद हुन् भने विद्यार्थी राजनीतिमा विशेष योगदान दिएकी झाँक्री समानुपातिक सांसद हुन् ।

केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका आले आफूलाई ओलीले रातारात मन्त्रीबाट हटाएको भन्दै आक्रोशित थिए । ओली निकट रहेका आलेले प्रधानमनत्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत लिदा ओली क्याम्प छोडेका थिए ।

ओलीकै निकटमा रहेका किसान श्रेष्ठ माथी अघिल्लो वर्ष महेश बस्नेत र सर्वेन्द्र खनालको साथमा लागेर जनता समाजवादीका सांसद अपहरण गरेको आरोप समेत लागेको थियो। ओली इतरका नेताहरुको चर्को आलोचना गर्ने उनी पनि हाल क्याम्प परिवर्तन गरेर मन्त्री बन्ने लाइनमा छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...