News Portal

माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगायो

हिमालीसंचार संवाददाता
५३४ पटक

काठमाडौं – नव गठित नेकपा (एकिकृत समाजवादी) ले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाएको छ । सरकारमा ६ मन्त्रालय पाउने निश्चित भएपछि एकिकृत समाजवादीले मन्त्री बन्ने ६ जना नेताकै नाम टुंगो लगाएको हो ।

नेकपा (एकिकृत समाजवादी) ६ वटा मन्त्री र एक राज्यमन्त्री पाउने भएको एकिकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै भएकोले टुंगो लागिसकेका नेताहरुको नाम सार्वजनिक नगरिएको पार्टी श्रोतले बताएको छ । मन्त्री बन्ने ६ जना नेताको नाम टुंग्याएर राज्यमन्त्री बन्ने एक जनाको मात्रै विकल्प रहेको बताइएको छ ।

गठबन्धन सरकारमा एकिकृत समाजवादीले कुन–कुन मन्त्रालय पाउने भन्ने पक्का नभएकोले मन्त्रीहरुको बरियता के हुने भन्ने एकिकृत समाजवादीले टुंग्याउन सकेको छैन । हाल मन्त्री बन्ने पक्का गरिएका भनिएका नामहरुमा जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेम आले रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हालि सकेका श्रेष्ठ काठमाडौंको क्षेत्र नं. ८ बाट विजयी सांसद हुन् भने खतिवडा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट विजयी सांसद हुन् । चौधरी दाङब, श्रेष्ठ तनहुँ र आले डोटीबाट निर्वाचित सांसद हुन् भने विद्यार्थी राजनीतिमा विशेष योगदान दिएकी झाँक्री समानुपातिक सांसद हुन् ।

केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका आले आफूलाई ओलीले रातारात मन्त्रीबाट हटाएको भन्दै आक्रोशित थिए । ओली निकट रहेका आलेले प्रधानमनत्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत लिदा ओली क्याम्प छोडेका थिए ।

ओलीकै निकटमा रहेका किसान श्रेष्ठ माथी अघिल्लो वर्ष महेश बस्नेत र सर्वेन्द्र खनालको साथमा लागेर जनता समाजवादीका सांसद अपहरण गरेको आरोप समेत लागेको थियो। ओली इतरका नेताहरुको चर्को आलोचना गर्ने उनी पनि हाल क्याम्प परिवर्तन गरेर मन्त्री बन्ने लाइनमा छन् ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...