News Portal

मेरो मुख्यमन्त्री बन्ने इच्छा थिएनः भीम आचार्य

हिमालीसंचार संवाददाता
४९२ पटक

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका छन्।

पछिल्लो पटक मुख्यमन्त्रीमा मेरो कुनै इच्छा थिएन, अहिले पनि छैन खासै,’ उनले कार्यक्रममा भने ‘मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो । पाँच वर्ष अघि प्रदेश १ को विकास र समृद्धिको गुरुयोजना र कानुनको मस्यौदा गरेर तयार रहे पनि काम गर्न नपाएको मुख्यमन्त्री आचार्यले बताए ।

विस २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैमा उनलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो । तर प्रदेशसभा संसदीय दलको नेतामा उनी शेरधन राईसँग पराजित भएपछि मुख्यमन्त्री हुनबाट आचार्य वञ्चित भएका थिए ।

मंगलबारको कार्यक्रममा मुख्यमन्त्री आचार्यले अहिले परिस्थिति अनुकुल नरहेको स्वीकार बताउदै अहिले ‘धेरै चिजहरु बिग्रिएको छ । राजनीनिक परिस्थिति बिग्रिएको छ, दलहरुबीच कन्फ्लिक्ट छ,’ कार्यक्रममा उनले भने, ‘(प्रदेशको) नामाङ्कन भएको छैन, नामाङ्कन गर्न दुई तिहाई चाहिन्छ । तर अहिले एकले अर्कालाई सहयोग गर्ने वातावरण दलहरुमा छैन ।’

पार्टी विभाजनपछिको एमालेमा धेरै क्षति हुन नदिन मात्रै मुख्यमन्त्री बनेको आचार्यले बताए । नेकपा एमाले छाडेका एक सांसदका अनुसार आचार्यले नयाँ पार्टीमा जानबाट ८ सांसदलाई रोकेका छन् । माधवकुमार नेपाल नेकपा एमालेमा रहँदा प्रदेश १ मा उनको पक्षमा १८ सांसद थिए । अहिले राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनीता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन् ।

नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतर्फ खुलेका १० सांसद मंगलबार धनकुटा पुगेका छन् । सोमबारसम्म विराटनगरको बिग होटलमा बसेका उनीहरुलाई सोमबार दिउँसो धरान हुँदै मंगलबार धनकुटा पुगेका हुन् ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...