News Portal

  • मेरो मुख्यमन्त्री बन्ने इच्छा थिएनः भीम आचार्य

    हिमालीसंचार संवाददाता
    ४२२ पटक

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका छन्।

    पछिल्लो पटक मुख्यमन्त्रीमा मेरो कुनै इच्छा थिएन, अहिले पनि छैन खासै,’ उनले कार्यक्रममा भने ‘मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो । पाँच वर्ष अघि प्रदेश १ को विकास र समृद्धिको गुरुयोजना र कानुनको मस्यौदा गरेर तयार रहे पनि काम गर्न नपाएको मुख्यमन्त्री आचार्यले बताए ।

    विस २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैमा उनलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो । तर प्रदेशसभा संसदीय दलको नेतामा उनी शेरधन राईसँग पराजित भएपछि मुख्यमन्त्री हुनबाट आचार्य वञ्चित भएका थिए ।

    मंगलबारको कार्यक्रममा मुख्यमन्त्री आचार्यले अहिले परिस्थिति अनुकुल नरहेको स्वीकार बताउदै अहिले ‘धेरै चिजहरु बिग्रिएको छ । राजनीनिक परिस्थिति बिग्रिएको छ, दलहरुबीच कन्फ्लिक्ट छ,’ कार्यक्रममा उनले भने, ‘(प्रदेशको) नामाङ्कन भएको छैन, नामाङ्कन गर्न दुई तिहाई चाहिन्छ । तर अहिले एकले अर्कालाई सहयोग गर्ने वातावरण दलहरुमा छैन ।’

    पार्टी विभाजनपछिको एमालेमा धेरै क्षति हुन नदिन मात्रै मुख्यमन्त्री बनेको आचार्यले बताए । नेकपा एमाले छाडेका एक सांसदका अनुसार आचार्यले नयाँ पार्टीमा जानबाट ८ सांसदलाई रोकेका छन् । माधवकुमार नेपाल नेकपा एमालेमा रहँदा प्रदेश १ मा उनको पक्षमा १८ सांसद थिए । अहिले राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनीता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन् ।

    नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतर्फ खुलेका १० सांसद मंगलबार धनकुटा पुगेका छन् । सोमबारसम्म विराटनगरको बिग होटलमा बसेका उनीहरुलाई सोमबार दिउँसो धरान हुँदै मंगलबार धनकुटा पुगेका हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...