आज : २०२६-०७-१०, शुक्रबार

गण्डकी प्रदेशको नाममा पूर्वप्रधानमन्त्री भट्टराईको असहमति

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गण्डकी प्रदेशको नाममा आफ्नो असहमति रहेको बताएका छन्।

डाक्टर भट्टराईले प्रदेश सभाले अनुमोदन गरेको गण्डकी प्रदेशको नाममाथि प्रश्न उठाएका हुन्। उक्त प्रदेशबाटै प्रतिनिधि सभामा निर्वाचित डाक्टर भट्टराईले अहिले गण्डकीलाई ‘प्रदेश–४(गण्डकी/तमुवान–मगरात)को नामाकरण गरेका छन्। यो नामाकरण संविधान जारी गर्नेबेलामा डाक्टर भट्टराईको पूर्वपार्टी माओवादी लगायतले प्रस्ताव गरेका थिए ।

भट्टराईले मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूसंग भेटेका थिए । उक्त भेटपछि डाक्टर भट्टराईले भेटमा खिचिएका तस्वीरसहित ट्विट्मा गण्डकी प्रदेशको गलत नामाकरण भएको बताएका हुन्।