News Portal

आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

झलनाथ खनालको दिल्लीबाटै सनाखत !

हिमालीसंचार संवाददाता
४३५ पटक

सन्जिब बगाले,काठमाडौं।
नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो उनीहरूले आयोगमा पुगेर सनाखत गरेका हुन्।

नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको श्रेष्ठले बताए। चार जना संघीय सांसद भने नयाँ पार्टीका पक्षमा सनाखत गर्न निर्वाचन आयोगमा पुगे पनि उनीहरूले सनाखत गर्न पाएनन्। उनीहरूका विषयमा आयोगले निर्णय गर्ने श्रेष्ठले बताए। यी चार जना सांसदको सनाखत नभए नयाँ दल बनाउन चाहनेको संख्या एमालेको संसदीय दलको २० प्रतिशत पुग्दैन।

केही समयअघि जारी भएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो। नयाँ पार्टी दर्ता गर्न सनाखत गर्नेको संख्या २६.६० प्रतिशत पुग्छ। आयोगले अब यसैका आधारमा नेपाल नेतृत्वको पार्टी दर्ता गर्न सक्छ।

आयोगका प्रवक्ता श्रेष्ठले नयाँ पार्टी दर्ताको प्रमाणपत्र आजै दिन सकिने बताएका छन्। ‘अब यति जनाको सनाखत भयो भन्ने विवरण आयोगलाई बुझाइन्छ, आजै प्रमाण पत्र दिन पनि सकिन्छ,’ श्रेष्ठले भने।

सांसदहरुको सूची
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. कल्याणीकुमारी खड्का
४. विरोध खतिवडा
५. जीवनराम श्रेष्ठ
६. रामकुमारी झाँक्री
७. निरादेवी जैरु
८. प्रेमबहादुर आले
९. मेटमणि चौधरी
१०. सरला यादव
११. भवानी खापुङ
१२.पुष्पाकुमारी कर्ण कायस्थ
१३. समिना हुसेन
१४.कृष्णलाल महर्जन
१५. कृष्णकुमार श्रेष्ठ
१६. कलिला खातुन
१७. हिराभन्द्र केसी
१८. धनबहादुर बुढा
१९. गोपालबहादुर बम
२०. पार्वतीकुमारी विशुंके
२१. लक्ष्मी चौधरी
२२. विना बुढाथोकी
२३.बेदुराम भुसाल
२४.शेरबहादुर कुँवर
२५. ठगेन्द्रप्रकाश पुरी
२६. उदया शर्मा(पौड्याल)
२७. सिंगबहादुर विश्वकर्मा
२८. नन्दा चपाइँ
२९. शान्तिकुमारी अधिकारी जिसी

केन्द्रीय सदस्यहरुको सूची
१. माधव नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदिप नेपाल
४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल
६. राजेन्द्रप्रसाद पाण्डे
७. डा. विजयकुमार पौडेल
८. गंगालाल तुलाधार
९. प्रकाश ज्वाला
१०. नागेन्द्रप्रसाद चौधरी
११. जयन्ती राई
१२.तुलबहादुर गुरुङ
१३. जगन्नाथ खतिवडा
१४.प्रतापलाल श्रेष्ठ
१५. जीवनराम श्रेष्ठ
१६. धर्मनाथ प्रसाद साह
१७. रामचन्द्र यादव
१८. यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह
२१. रविन्द्र बैठा धोवी
२२. लक्ष्मण पौडेल
२३. मदनकुमारी शाह(गरिमा)
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणि चौधरी
२७. विश्वनाग प्याकुरेल
२८. प्रेमलकुमार खनाल
२९. विजय गुरुङ
३०. सावित्री भुसाल
३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाइँ कोइराला
३३. रामकुमार ज्ञवाली
३४. खगेन्द्र चुडाल
३५. सरलाकुमारी यादव
३६. सुधिरप्रसाद साह
३७. कल्याणीकुमारी खड्का
३८. शत्रुधन महतो
३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई
४१. हंशबहादुर शाही
४२.शेरबहादुर केसी
४३. निरादेजी जैरु
४४. प्रेमबहादुर आले
४५. भागवत नेपाली
४६.चुडामणि विक जंगली
४७. घनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई
४९. बलदेव चौधरी
५०.डा. देउमान सम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरिप्रसाद पराजुली
५५. केदार न्यौपाने

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...