News Portal

माधव नेपाल चन्द्रागीरी रिसोर्ट गए, नेता संसादलाई आवश्यक कोठा बुकिङ

बुधबार बिहान त्यतैबाट सनाखतका लागि निर्वाचन आयोग जाने

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट गएका छन् ।

निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्ट पुगेका हुन्। श्रोतका अनुसार नेता नेपाल आज रिसोर्टमै बस्नेछन्। रिसोर्टमा झन्डै १ जनाका लागि आज कोठा बुक गरिएको स्रोतले हिमालासंचार डटकमलाई जानकारी दिए ।

नेता नेपालनिकट एक स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन्। उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतले जानकारी दिएको छ। 

यसअघि माधव नेपाललाई समर्थन गरेका एमालेका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा लामो छलफल गरेका छन् । छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईका अनुसार ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र भोलि बिहान स्थायी कमिटी बैठक बस्ने बताएका थिए। भट्टराईले अब आफूहरूले माधव नेपाललाई भेटेर नयाँ पार्टी दर्ताको प्रक्रिया रोक्न लगाउने बताएका छन् । उक्त प्रक्रिया फिर्ताका लागि अनुरोध गर्न नेता नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टमै बस्ने निश्चित भएकाले अब नेता नेपाल भेट्न  चन्द्रागिरि नै पुग्नु पर्ने भएको छ। 

नेता नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीम आचार्य, रघुजी पन्तहरू अहिले पार्टी एकताका पक्षमा उभिएका छन्।    

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...