News Portal

माधव नेपाल चन्द्रागीरी रिसोर्ट गए, नेता संसादलाई आवश्यक कोठा बुकिङ

बुधबार बिहान त्यतैबाट सनाखतका लागि निर्वाचन आयोग जाने

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट गएका छन् ।

निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्ट पुगेका हुन्। श्रोतका अनुसार नेता नेपाल आज रिसोर्टमै बस्नेछन्। रिसोर्टमा झन्डै १ जनाका लागि आज कोठा बुक गरिएको स्रोतले हिमालासंचार डटकमलाई जानकारी दिए ।

नेता नेपालनिकट एक स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन्। उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतले जानकारी दिएको छ। 

यसअघि माधव नेपाललाई समर्थन गरेका एमालेका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा लामो छलफल गरेका छन् । छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईका अनुसार ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र भोलि बिहान स्थायी कमिटी बैठक बस्ने बताएका थिए। भट्टराईले अब आफूहरूले माधव नेपाललाई भेटेर नयाँ पार्टी दर्ताको प्रक्रिया रोक्न लगाउने बताएका छन् । उक्त प्रक्रिया फिर्ताका लागि अनुरोध गर्न नेता नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टमै बस्ने निश्चित भएकाले अब नेता नेपाल भेट्न  चन्द्रागिरि नै पुग्नु पर्ने भएको छ। 

नेता नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीम आचार्य, रघुजी पन्तहरू अहिले पार्टी एकताका पक्षमा उभिएका छन्।    

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...