News Portal

टिकटकमा अब किशोरकिशोरीहरुका लागी नयाँ फिचर

हिमालीसंचार संवाददाता
४८४ पटक

एजेन्सी।
लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले खासगरी किशोरावस्थाका प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ। एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन्।

त्यस्तै, १६ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले रातको १० बजेदेखि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्नेछैनन्। यसले किशोरावस्थाका प्रयोगकर्तालाई रातको समयमा पनि टिकटकमा झुण्डिरहनबाट रोक्ने तथा उनीहरुलाई काम, अध्ययन, आराम तथा निद्रामा केन्द्रित बनाउने अपेक्षा टिकटकको छ।

साथै टिकटकले आफ्नो डिफल्ट सेटिङमा पनि परिवर्तन गरेको छ। जस अनुसार १६ र १७ वर्षका प्रयोगकर्ताका लागि डाइरेक्ट मेसेज फिचर डिफल्ट रुपमा निस्क्रिय बनाइरहेको हुन्छ। यदि सो उमेर समूहका प्रयोगकर्ताले डाइरेक्ट मेसेज फिचर पनि चलाउन चाहेमा आफैले उक्त फिचर अन गर्नुपर्दछ।

यसअघि १६ वर्षसम्मका प्रयोगकर्ताका लागि भने डाइरेक्ट मेसेज फिचर टिकटकले निस्क्रिय बनाइसकेको छ। अब १६ र १७ वर्षका प्रयोगकर्ताले पनि डिएम चलाउन चाहेमा आफैंले अर्को शेयरिङ अप्सनमा स्वीच गर्नुपर्दछ।

कम उमेरका प्रयोगकर्ताहरुमा सकारात्मक डिजिटल व्यवहारको विकास गर्न चाहेको टिकटकले जनाएको छ। अब १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताले टिकटकमा भिडियो पोस्ट गर्न लाग्दा उनीहरुको भिडियो कस कसलाई देखाउने भन्ने कुराको छनोट गर्नुपर्ने हुन्छ। त्यसमा आफ्ना फलोअर्स, केवल साथीहरु मात्र तथा आफैंले मात्र भन्ने विकल्प हुन्छ।

स्मरण रहोस् अनलाइन अपराधबाट बालबालिकालाई जोगाउनका लागि भन्दै पछिल्लो समय विभिन्न ठूला प्रविधि कम्पनीहरुले नयाँ नयाँ फिचर ल्याइरहेका छन्। गुगलले इमेज सर्च रिजल्टबाट बालबालिकाका तस्वीर हटाउने घोषणा गरिसकेको छ भने, आफ्नो युट्युब किड्समा पनि परिवर्तन ल्याउने बताएको छ।

त्यस्तै एप्पलले प्रयोगकर्ताका डिभाइसमा रहेका बाल यौन दुराचारसम्बन्धी सामग्रीहरु पहिचान गर्ने र हटाइदिने तथा बालबालिकाले अश्लील सामग्रीहरु प्राप्त गरेमा त्यसको जानकारी अभिभावकहरुलाई दिने फिचर सुरु गर्दैछ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...