News Portal

  • टिकटकमा अब किशोरकिशोरीहरुका लागी नयाँ फिचर

    हिमालीसंचार संवाददाता
    ३७४ पटक

    एजेन्सी।
    लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले खासगरी किशोरावस्थाका प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ। एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन्।

    त्यस्तै, १६ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले रातको १० बजेदेखि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्नेछैनन्। यसले किशोरावस्थाका प्रयोगकर्तालाई रातको समयमा पनि टिकटकमा झुण्डिरहनबाट रोक्ने तथा उनीहरुलाई काम, अध्ययन, आराम तथा निद्रामा केन्द्रित बनाउने अपेक्षा टिकटकको छ।

    साथै टिकटकले आफ्नो डिफल्ट सेटिङमा पनि परिवर्तन गरेको छ। जस अनुसार १६ र १७ वर्षका प्रयोगकर्ताका लागि डाइरेक्ट मेसेज फिचर डिफल्ट रुपमा निस्क्रिय बनाइरहेको हुन्छ। यदि सो उमेर समूहका प्रयोगकर्ताले डाइरेक्ट मेसेज फिचर पनि चलाउन चाहेमा आफैले उक्त फिचर अन गर्नुपर्दछ।

    यसअघि १६ वर्षसम्मका प्रयोगकर्ताका लागि भने डाइरेक्ट मेसेज फिचर टिकटकले निस्क्रिय बनाइसकेको छ। अब १६ र १७ वर्षका प्रयोगकर्ताले पनि डिएम चलाउन चाहेमा आफैंले अर्को शेयरिङ अप्सनमा स्वीच गर्नुपर्दछ।

    कम उमेरका प्रयोगकर्ताहरुमा सकारात्मक डिजिटल व्यवहारको विकास गर्न चाहेको टिकटकले जनाएको छ। अब १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताले टिकटकमा भिडियो पोस्ट गर्न लाग्दा उनीहरुको भिडियो कस कसलाई देखाउने भन्ने कुराको छनोट गर्नुपर्ने हुन्छ। त्यसमा आफ्ना फलोअर्स, केवल साथीहरु मात्र तथा आफैंले मात्र भन्ने विकल्प हुन्छ।

    स्मरण रहोस् अनलाइन अपराधबाट बालबालिकालाई जोगाउनका लागि भन्दै पछिल्लो समय विभिन्न ठूला प्रविधि कम्पनीहरुले नयाँ नयाँ फिचर ल्याइरहेका छन्। गुगलले इमेज सर्च रिजल्टबाट बालबालिकाका तस्वीर हटाउने घोषणा गरिसकेको छ भने, आफ्नो युट्युब किड्समा पनि परिवर्तन ल्याउने बताएको छ।

    त्यस्तै एप्पलले प्रयोगकर्ताका डिभाइसमा रहेका बाल यौन दुराचारसम्बन्धी सामग्रीहरु पहिचान गर्ने र हटाइदिने तथा बालबालिकाले अश्लील सामग्रीहरु प्राप्त गरेमा त्यसको जानकारी अभिभावकहरुलाई दिने फिचर सुरु गर्दैछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...