News Portal

  • नेपाल र ओलीको खटपट, बिहीबार भेटवार्ता अहिलेसम्म भेटवार्ता भएको छैन

    हिमालीसंचार संवाददाता
    ३६७ पटक

    काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भेटवार्ताको तयारी भए पनि अहिले सम्म भेटवार्ता भएको छैन। नेपाल वालुवाटार गएकोमा अध्यक्ष ओली आक्रोशित छन्। तीन दिन हुँदा पनि भेटघाटको तय भएको छैन।

    गत बिहीबार एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई नेताबीच भेट हुने बताएका थिए। दुई नेताबीच बिहीबार नै भेट हुने भने पनि आइतबार मध्यान्हसम्म भेटवार्ताको तयारी छैन। गत बिहीबार राति नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेटघाटको समय तय नभएको बताए । 

    नेपालका अनुसार बिहीबार ओलीले दिएका अभिव्यक्तिबाट आक्रोशित छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले पार्टी विरोधी गतिविधिमा लागेकाहरुलाई आममाफी दिने भनेका थिए। त्यो कुरामाथि शुक्रबार वरिष्ठ नेता नेपालले त्यसको कडा प्रतिवाद गरेका थिए। नेपालले महाराजले हामीलाई आम माफी दिनुभयो भनेर ओलीप्रति व्यङ्ग्य गरेका थिए।

    कार्यक्रमलगत्तै पत्रकारहरूले नेपाललाई तपाईं र पार्टी अध्यक्षको भेट हुन लागेको हो भनेर सोधेका थिए। जबाफमा नेपालले महाराजले माफी दिएको थाहा पाउनुभएन भनेर भनेका थिए। सहमति हुनै लागेको भन्ने छ नि भन्न प्रतिप्रश्नमा उनले सहमति हुन त्यति सजिलो नभएको बताए।

    बिहीबार नै हुने भनेको भेट आइतबारसम्म पनि हुन नसकेको नेपाल पक्षका एक नेताले बताए। ओलीले अझै पनि आफूलाई सच्याउन नचाहेको उनको भनाइ छ। ‘हिजो अस्ती जहाँ थियो त्योभन्दा कुरा अगाडि बढेको छैन। ओलीजीले च्यासलमा त्यस्तो नभनेको भए हुन्थ्यो। उहाँको बानी नै त्यस्तै छ,’ नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘आज पनि उहाँहरुको भेटघाट हुने कुनै संभावना छैन। हाम्रैबीच आन्तरिक छलफल हुन्छ होला। ओली पक्षका नेताहरुसँग पनि अनौपचारिक छलफल हुनसक्छ।’

    वरिष्ठ नेता नेपालले आफू निकटहरुसँग ओलीको अभिव्यक्तिलाई लिएर आक्रोश पोखेका छन्। ‘अलिअलि शान्त-शान्त हुन खोज्दै थियो। उहाँले अलि राजाको स्टाइलले अपराधीलाई माफी दिने जस्तो घोषणा गर्नुभयो,’ नेपाल निकट एक नेताले भने, ‘त्यो त ठ्याक्कै दास र मालिकको जस्तो भयो। त्यसले गर्दा संशय पैदा भएको छ। अलिअलि अनौपचारिक तवरले कुराकानी भइरहेको छ। दुई नेताको भैटघाट तत्कालै हुनेजस्तो देखिँदैन।’

    ओली भने वरिष्ठ नेता नेपालको गतिवधिबाट आक्रोशित बनेको उनीनिकट नेताहरुको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेतासँगको सामिप्यता ओलीलाई मन परेको छैन। शनिबार गठबन्धनको बैठकमा बालुवाटार गएपछि छलफलको वातावरण अझै विग्रिएको ओलीनिकट एक स्थायी कमिटी सदस्यले बताए।

    ‘हामीले जोड गरेर मिलाउन खोजेको हो। भेट मिलाउन खोज्यो माधव कमरेड गठबन्धनको बैठकमा गइदिनुहुन्छ। म उहाँलाई भेट्न १० पटकसम्म बाहिर गए। तर एकपटक बालुवाटार आउन मान्नुभएन भनेर ओली कमरेडलाई झोक चलिरहेको छ,’ ओली निकट ती स्थायी कमिटी सदस्यले भने, ‘माधव कमरेड त बालुवाटार भन्यो बालुवाटार बुढानिलकण्ठ भन्यो बुढानिलकण्ठ जानुभएको छ। अब भन्नुस न मिलाउनलाई कति गाह्रो छ। साह्रै दिक्क बनाएका छन्। भेटघाट त कहिले हुन्छ थाहा भएन। हामी त नथाकिकन लागेका छौ।’

    पार्टी एकताका लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको भए पनि त्यसलाई वरिष्ठ नेता नेपालले स्वीकारेका छैनन्। नेपाल पक्षले ओली र नेपालका बीचमा सहमति गरेर त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने प्रस्ताव गरेको छ।

    तर ओलीले एकतर्फी रुपमा १० बुँदेलाई स्वीकार गरेर कार्यदल विघटन गर्दिएका छन्। स्रोतकाअनुसार नेपालले पार्टीभित्रको शक्ति बाँडफाटमा समेत सहमति खोजेका छन्। उनले सहमतिका आधारमा पार्टीका निर्णय गर्नुपर्ने अडान लिएको स्रोतको दाबी छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...