News Portal

केपी ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता

हिमालीसंचार संवाददाता
४४३ पटक

काठमाण्डौ – निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई राजनैतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११:४० देखि दिउँसो १:४० बजेसम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ। राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने अहिलेसम्म खुलेको छैन ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो । केपी ओली गत असार २८ को सर्वोच्च अदालतले दिएको परमादेशको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...