News Portal

सरकारी निवास बालुवाटारमा पार्टीकाे कार्यक्रम नगर्ने प्रधानमन्त्री

हिमालीसंचार संवाददाता
३०५ पटक

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक राखेपछि देउवाको आलोचना भएको थियो ।

‘सामाजिक सञ्जालमा आएका सुझावअनुसार प्रधानमन्त्रीले पार्टीको औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय लिनुभएको छ,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने ।
देउवाले शुक्रबार नै पार्टी पदाधिकारी बैठक डाकेका छन् । पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर अनशन र धर्ना जारी रहेकाले बैठक सभापतिको निजी निवास बूढानीलकण्ठमा हुने भएको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि देउवाले बैठक बोलाएका हुन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यतालाई लिएर जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको भीड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।

प्रदेश २ का धनुषा, बारा र सर्लाहीमा संस्थापन पक्षले सदस्यता वितरणमा अनियमितता भएको भन्दै चर्को विरोध हुँदै आएको छ । धनुषाका चन्द्रमणि यादव, राम पल्टन साह र दिनेश नायक पाँच दिनदेखि पार्टी कार्यालयको मूल ढोकामा आमरण अनशन बसेका छन् । सर्लाहीका ७१ वर्षीय राम गोविन्द राय बुधबारदेखि आमरण अनशनमा छन् । यसै विषयलाई लिएर सांसद अमरेश सिंहले बुधबार सभापति देउवालाई भेटेरै सांसद पदबाट राजीनामा दिएको पत्र थमाएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...