News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • लेखक उदय रानामगरको “सुशासन र समृद्धि” पुस्तक बजारमा!

    हिमालीसंचार संवाददाता
    ४५९ पटक

    मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ/मकाउका महामहिम राजदूत उदय रानामगरद्वारा लिखित लोकसेवा आयोगद्वारा लिइने सहसचिव तथा शाखा अधिकृतका लागि लक्षित बहुउपयोगी पुस्तक पैरवी प्रकाशनले “सुशासन र समृद्धि” सार्वजनिक गरेको छ।

    कुशल प्रशासक तथा विलक्षण प्रतिभाका धनी लेखक रानामगर नुवाकोट बेलकोटगढी नगरपालिकाका वडा नं. १२ स्थायी निवासी हाल तारकेश्वर नगरपालिका वडा नं.९ काठामाण्डौका लेखक उदय रानामगर भृकुटी माध्यमिक विधालय नुवाकोटबाट प्रारम्भिक शिक्षा प्रारम्भ गरेका हुन्। नेपाल कमर्श क्याम्पस काठमाण्डौबाट आई कम, त्रिवि प्राइभेटबाट बी.कम, पुर्वाञ्चल युटिभर्सिटीबाट बी.एड, सरस्वती बहुमुखी क्याम्पस ठमेलबाट एम.बी.एस. र जापानबाट अर्थशास्त्रमा एम.ए. गर्नु भएको छ। 

    निजामति सेवामा विस २०५५ सालदेखि कार्यरत रानामगर उपसचिवका रुपमा तनहु, कास्की, वाहा, गोर्खा र गृहजिल्ला नुवाकोटमा समेत सेवा गरेका थिए। त्यस्तै, सहसचिवमा पदोन्नति भएपछि गुल्मी, नवलपरासीका हालका दुई जिल्ला पूर्वका सुस्ता, रुपनदेही, काभ्रे र महावाणिज्य दूतका रुपमा हङकङ आउनुअधि झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी थिए। हाल महावाणिज्यदूतका रुपमा हङकङ/मकाउका लागि हङकङमा कार्यरत छन् । 

    लेखक रानामगरले जापान, दक्षिण कोरिया, थाइल्याण्ड, चीन, सिंगापुर र हङकङको भ्रमण गरेका रानामगरका विभिन्न अन्य पुस्तकहरु प्रकाशन रहेका छन् । विस २०७३ सालमा ‘सार्वजनिक व्यावस्थापन’ पहिलो संस्करण देखि पाचौ संस्करण विस २०७७ सालसम्म रहेको छ । विस २०७३ सालमा ‘सार्वजिक विषयहरु’ पहिलो संस्करण, विस २०७४ सालमा ‘साशकीय प्रवन्ध र विकास’ पहिलो संस्करण र विस २०७६ सालमा दोस्रो संस्करण, विस २०७५ सालमा ‘सार्वजनिक क्षेत्र व्यावस्थापन जवाफदेहिता, नैतिकता र व्यवसायिकता’ हुदै हाल विस २०७७ सालमा ‘सुशासन र समृद्धि’ सार्वजिनक गरेका छन् । 

    हाल, सार्वजनिक पुस्तक ‘सुशासन र समृद्धि’ पाठकले बजारमा खरिद गर्न पाउनेगरी पैरवी प्रकाशनले व्यवस्था गरेको लेखक रानामगरले हिमालीसंचार डटकमसंग बताए । सार्वजिनक पुस्तक “सुशासन र समृद्धि” भित्र लेखक रानामगरले “विकास, सुशासन, शान्ति र समृद्धि भित्र ‘सार्वजनिक प्रशासन’ बारेका ५८ वटा लेख समावेश गरेका छन् ।

    पुस्तकभित्रका लेखहरु सबै अनुसन्धानमुलक भएकाले पुस्तक विशेषगरी विकासप्रेमीहरुको लागि उपयोगी रहेको लेखकको भनाई रहेको छ । समग्रमा नेपाली समाजको सचित्र आउनेगरी लेखहरु तयार गरिएकाले पुस्तक आम पाठकका लागि पनि पठनीय सामग्री बन्न सक्ने लेखकको विश्वास छ । 

    त्यस्तै, लोक सेवा आयोगका लागि लक्षित र उपयोगि हुने लेखकको विश्वास रहेको छ। हिमालीसंचार डटकमसंग कुराकानी गर्दै लेखकले उक्त पुस्तक अध्ययन गरी सुझाव दिनका लागि सम्पूर्ण पाठक वर्गमा अनुरोध समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १६, २०८२ (मे ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७० वर्षपछि मात्रै वृद्धभत्ता : सरकारको निर्णयले ल्यायो नयाँ मोड

    काठमाडौं, जेठ १५ – अबदेखि सरकारले प्रदान गर्ने वृद्धभत्ता लिन ७० वर्षको उमेर पुग्नुपर्ने भएको...

    दुर्गा प्रसाईंको समूह आजको राजावादी आन्दोलनमा सहभागी नहुने

    काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा आयोजना गरिएको...

    सुनको भाउमा फेरि गिरावट, उच्च विन्दुबाट १० हजारभन्दा बढीले घट्यो

    काठमाडौं, जेठ १५  — नेपाली सुन बजारमा पछिल्ला दिनहरूमा देखिएको चहलपहलसँगै बिहीबार फेरि सुनको मूल्यमा...

    स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको मूल कमजोरी हो : महासचिव विप्लव

    रुपन्देही, जेठ १५ – गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको बुटवलमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा नेकपा माओवादीका...