News Portal

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन सार्न नमिल्ने पौडेल पक्षको अडान

हिमालीसंचार संवाददाता
४२२ पटक

काठमाडौं।
सत्तारूढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक शुक्रबारका लागि बोलाइएको छ। दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक सुरू गरिने स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाएका छन्। बैठक मुख्यगरी १४ औं महाधिवेशनको तयारीबारे केन्द्रित रहने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठक पार्टी कार्यालय वा अन्यत्र कहाँ बस्छ भन्ने यकिन भइसकेको छैन। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आज बिहान सरकारी निवास बालुवाटार सर्दैछन्, त्यसैले बालुवाटारमा बैठक बस्न सक्ने सम्भावना पनि छ।

सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि यसबारे रणनीत तय गर्न बिहीबार महामन्त्री शशांक कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटेका थिए। पौडेल पक्षले पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्नुपर्ने निष्कर्ष निकालेको छ।

यो मितिबाट तलमाथि गर्न नपाइने अडान पौडेल पक्षको छ। उक्त बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार अब महाधिवेशन सार्ने हो भने संवैधानिक रूपमा पार्टीमा संकट देखा पर्नेछ। क्रियाशील सदस्याबारे अधिकांश क्षेत्रमा विवाद हल गरिसकिएकोले महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा उनले जोड दिए। कांग्रेसको वडा अधिवेशन साउन १२ गते छ।

त्यसअघि नै क्रियाशील विवाद समाधान गरेर अन्तिम नामावली सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ। विवादित ठाउँ त्यसै राखेर १३ औं महाधिवेशनकै बेलाका क्रियाशीलबाट अधिवेशन गराउन सकिने विकल्पमा समेत कांग्रेसभित्र छलफल भइरहेको छ। तल्ला तहका अधिवेशनको कार्यतालिका केही हेरफेर गर्नेबारे सभापति देउवा पक्षले आन्तरिक छलफल गरेका थिए।

यस्तै, केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले असारभित्रै छानबिन सक्ने भने पनि अझै केही काम बाँकी नै छ। उक्त समितिलाई केही दिन म्याद थप गर्नेबारे पनि आज पदाधिकारी बैठकमा छलफल हुने स्रोत बताउँछ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...