News Portal

प्रचण्ड र विप्लवबीच भेटवार्ता, पूर्वमाओवादी घटक एकताको विषयमा छलफल

हिमालीसंचार संवाददाता
३९० पटक

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लवसँगै नेकपा माओवादीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला सहित अन्य केही सहयोगीका साथ बुधबार खुमलटार पुगेका हुन् । प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको स्रोतको दाबी छ । प्रचण्ड निकट स्रोतका अनुसार कम्युनिस्ट ध्रुविकृत गर्ने विषयमा प्रचण्ड र विप्लवबीच कुराकानी भएको हो । 

केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएका हुन् । तर, ओलीले सम्झौता कार्यान्वयन नगरेको भन्दै विप्लवले आपत्ति जनाउँदै आएका छन् ।

ओलीसँग विप्लव समूहले आफ्ना नेता कार्यकर्तामा लागेको मुद्दा फिर्ता र बन्दी रिहाइलगायत तीन बुँदे माग राखेको थियो । सोही अनुसार तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रचण्ड र विप्लवबीचको भेटमा नेता बाँस्तोलासँगै डिबी बराल, पूर्वमाओवादी बाल सैन्य संगठनका अध्यक्ष लेलिन विष्टलगायत खुमलटार पुगेका थिए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...