News Portal

  • धरानमा सर्वोच्च अदालतको फैसलाको स्वागत स्वरुप दिप प्रज्वलन

    हिमालीसंचार संवाददाता
    ३७८ पटक

    धरान – सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेपाली कांग्रेस धरानले पनि दिप प्रज्वलन गरेको छ । सोमबार साँझ धरान-१८ स्थित कांग्रेसको पार्टी कार्यालय अगाडी संसद पुनः स्थापना भएको खुशियालीमा नेपाली कांग्रेस धरान नगर समितिले सर्वोच्चलाई धन्यवाद दिदै दिप प्रज्वलन गरेको हो ।

    प्रदेश १ प्रदेशसभाका सांसद चन्द्र प्रसाद श्रेष्ठ, श्रेत्रिय सभापति सुरेशमान श्रेष्ठ, कांग्रेस नगर सभापति धरानका मेयर तिलक राई लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुले दिप प्रज्वलन कार्यक्रममा उपस्थित भएका थिए । कांग्रेसले वुद्ध चौकमा २ सय भन्दा बढी मैनबत्ति बालेका थिए । 

    दिप प्रज्वलन कार्यक्रममा सर्वोच्चलाई धन्यवाद दिदै नारा समेत लगाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै दिएको रिट निवेदनमा संवैधानिक इजलाशको पक्षमा फैसला गरेको थियो । 

    सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै पुनस्थापना गर्ने फैसला गरेको हो भने देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको थियो। यस्तै, नेकपा माओवादी केन्द्र र संघिय समाजवादी पार्टीले पनि संयुक्त रुपमा भानुचौकमा दिप प्रज्वलन गरेका थिए ।

    यस्तै, महेन्द्र बहुमुखी क्याम्पसको गेट अगाडी धरानका पाँच वटा विद्यार्थी संगठनहरुले पनी संयुक्त रुपमा सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन गरेको छ । नेवि संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन र अखिल छैटौका विद्यार्थीहरुले दिप प्रज्वलन गरेका हुन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...