News Portal

  • एनआरएनए कुवेतकाे भावी नेतृत्व: हाम्रोलाई होइन, राम्रोलाई रोजौ !

    जयनारायण थारु 
    ४५९ पटक

    कुवेत।
    प्रवासमा रहेका प्रवासी नेपालीहरुलाई एकताबद्ध गरेर एउटै छातामुनि ल्याउने उद्धेश्यसहित ११ अक्टुबर, २००३ गैरआवसिय नेपाली संघको स्थापना भयो। आफ्नो छोटो स्थपना कालमै विश्वको तेस्रो र दोस्रो मुलुकमा पनि सङठन बिस्तार गर्दै प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनिलाई सङ्ठित गर्न आफ्ना शाखाहरु स्थापना गर्न सफल भए त्यहीँ शाखाहरु स्थापना गर्ने दौरानमा कुवेतमा पनि नेपाली दाजुभाई-दिदीबहिनी एकजुट हुनुपर्छ।

    आभास खड्किरहेका बेलामा कुवेतका परिचित ब्यक्तीत्व, बुद्धिजीवी, समाजसेवी, पत्रकारलगायतको अभियानमा गैरआवासीय नेपाली सङ्घको स्थापना २००९ मा भयो। एनआरएनए कुवेत स्थापना त्यतिखेर भयो जतिखेर नेपालको कुवेतमा कुटनैतिक नियोग (नेपाली राजदुतावास)को स्थापना भैइसकेको थिएन। जुन कुवेतभित्र रहेका प्रवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकताको सुत्रमा बाधिने पहिलो संस्था स्थापना भएको थियो, बिशुद्ध समाज कल्याण कार्यका लागि त्यही सङ्गठनको भावी नेतृत्व (जिम्मेवार) २०१२ देखि २०२३ सम्मको लागि यहीँ जुलाई २३ तारिखमा अधिवेशन हुदैछ।

    धेरै ब्यक्तिहरु प्रत्यासीको रुपमा अगाडि देखिएको छ। प्रत्यासिहरु आफ्नो-आफ्नो जोडबलले आफ्नो पक्षमा अभिमत देखाउनको लागि पन्जिकृत सदस्य बनाउन होमिए, जसअन्तर्गत कुवेतमा एनआरएनएको अहिलेसम्ममा सबैभन्दा बढी पन्जिकृत बनेको छ। अहिले कोभिड-१९ कारण प्राय: देशको आर्थिक अवस्था धरासायी बन्दै गएका छन। रोजगारीका अवसरहरु गुमिरहेका अवस्था छन। प्रसावमा बसेर सानोतिनो ब्यापार ब्यवसाय गर्नेहरु धरापमा परि सकेको अवस्था छ।

    रोजगारदाता कम्पनीहरुले कामदार कटौती गर्ने स्थितिमा पुगेका छन। कामदारको सेवा-सुविधामा समेत कटौती गर्न थालेका छन। यी विविध समस्याहरु सङ्ठित क्षेत्रमा प्रत्यक्ष रुपमा परेका छन भने, अर्को रोजगारिको ठुलो हिस्सा असङ्ठित क्षेत्रमा पनि छन। जस अन्तर्गत डेमोस्टिक कामदार तथा घरेलुु कामदारहरु पर्दछन। जस अन्तर्गत हजारौंको सङ्ख्यामा पिडित कामदार पिडा छन। कोहिलाई उद्धारको आवश्यकता छन भने, कोहि कोहिको रोजगारदाता राम्रो नभएर ज्यानको बाजि लगाएर काम गर्नु पर्ने अवस्था छ।

    त्यसैमा नेपाल सरकारले घरेलु कामदारहरुलाई कुवेतमा आउन बन्द गरेको अवस्थामा चोर बाटोहरुबाट दिनप्रतिदिन भित्रीन र भित्र्याउन सफल भैइरहेका छन। रोजगारिको शिलसिलामा सयौं सङ्ख्यामा जटिल बिरामी भएर हस्पिटलमा छन। मृत्युसंग जुधिरहेको अवस्था छन भने, तिनीहरुको स्वास्थ उपचारदेखि घर फिर्तिमा जटिलताहरु धेरै छन। कुवेतमा नेपालीहरुको रोजगार दिनप्रतिदिन गुमिरहेका अवस्था छन।

    कुवेत सरकारको कानुन भन्दा पर गएर हाम्रा नेपाली दाजुभाइहरु अनैतिक क्रियाकलाप गर्ने कार्य उच्चदरमा बढिरहेका अवस्था छ। यी कुराहरुलाई समाधान गर्दै नेपालीहरु सहि र सज्जन हुन्छन भन्ने कुराको बोध गराउन यहाँ संघ-संस्थासंग र नेपाली कुटनैतिक नियोगसंग सम्धुर सम्बन्ध गरेर अगाडि बढ्ने जिम्मेवारी आईपरेका छन ।

    भावी नेतृत्वलाईआफ्नो औचित्य समाप्त हुन नदिन राम्रो भिजन, राम्रो कार्यदिशा बढाएर अगाडि बढ्ने अवस्थाको सृजना गर्न जरुरी देखेको छु। यसो भनि रहदा यहाँको समाजलाई सहि दिशानिर्देशसहित उथलपुथल गराएर सहि कार्यको ज्वारभाटावाट उठाउन जरुरी देखेको छु। यदि यसो नहुने हो भने हामि प्रवासी नेपाली कुवेतबासी दाजुभाइ दिदिबहिनीहरु किस्ताबन्दीमा असफल, नराम्रो बन्ने र बनिने अवस्था आउँछ।

    त्यसैले टाउकोमा लगाउने औषधि नाईटोमा लगाएर समस्याको समाधान हुन्न। समस्या कहाँनीर छ त्यसको जडमा पुरेर शल्यक्रिया गरेर फाल्नु जरुरी छ। कोभिड-१९ले गर्दा घरदेश तथा प्रदेशमा पीडा छन। यस अवस्थामा हामी सम्पुर्ण संघ-संस्था एक बनाउन जरुरी छ। यहाँका सम्पुर्ण संघ-संस्था एउटै मालामा जोड्ने नेतृत्व चाहिन्छ। त्यसैले गैरआवासीय नेपाली संघ एउटा बिशुद्ध समाजिक कल्याणमा लाग्ने संस्था हो। यसको नेतृत्व लिन राम्रो भिजन र कार्यदिशा दिने नेतृत्व चाहिएको छ।

    वर्तमान वस्थामा, हामिले एउटा कुरा बुझ्नु पर्छ- इतिहासको बिकासको नियम पानीको छाल झै उतार चढाव भएर अगाडि बढ्छ। त्यसरी नै हरेक उतार चढावका बावजुत २००९ देखि अहिलेसम्म गैरआवासीय नेपाली संघ चल्यो कतिपय: कार्यकाल असफल रहयो भने, कतिपय: कार्यकाल मध्यम भने कतिपय: कार्यकाल सफल रहयो तर ती सबै उतार चढावलाई पार गर्न अब २०२१-२०२३ को नेतृत्वमा नयाँ जोस जागर भिजन भएको अनुहारको नेतृत्व आउन जरुरि छ।

    एकता बिना हाम्रो शक्ति, शक्तिशालीमा परिवर्तन हुँदैनन। जबसम्म शक्तीलाई उचित तरिकाले प्रयोग गर्न सक्दैनौं, तबसम्म प्रवास रहेर प्रवासिको हकहितको लागि नाटक र नौटङ्की देख्न पाईरहन्छौ। एकता नै बल हो। सहि सदुपयोग गरौं। एनआरएनए (२०२१-२०२३) को कार्यकाल साच्चिकै सज्जनवाद र भिजनवादको आवश्यकता छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...