News Portal

नेकपा एमाले विवाद: बैठकमा नेपाल समूहका ११ बाहेक सबैलाई निम्ता

हिमालीसंचार संवाददाता
४८७ पटक

काठमाडौं।
विवादको भुमरीमा परेको सत्तारूढ दलको विवादले फेरि उग्र रूप लिने देखिएको छ। नेकपा एमालेको अवैध घोषणा गरिएको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आजको लागि बोलाइएको छ। उक्त बैठकमा कारवाहीमा परेका माधव नेपाललगायत ११ जनाबाहेक सबैलाई आमन्त्रण गरिएको नेकपा एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

बुधबार बिहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री लगायत ११ जनालाई सहभागी हुन खबर नगरेको तामाङले जानकारी दिनुभयो। आज बस्ने बैठकले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली तयार हुनु भएकाले आजको बैठकमा नेपाल पक्षका ११ जना बाहेकका नेताहरूको समेत सहभागिता रहने एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए।

गएको फागुन २८ मा अध्यक्ष ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले उक्त निर्णयलाई खारेज गरिदिएको थियो। आज बिहान ११ बजेका लागि उक्त बैठक बोलाइएको छ। पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...