News Portal

घर भाडा नदिएकै आधारमा कारबाही गर्नु मानव अधिकारको हनन्

हिमालीसंचार संवाददाता
५६६ पटक

सुनील महर्जन,

काठमाडौं। जातीय विभेदको आरोपमा राजधानीको बबरमहल निवासी ५८ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेकोमा स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन्। प्रहरीले काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षीया सरस्वती प्रधानलाई पक्राउ गरेको हो।

तनहँ बस्ने रूपा सुनारले आफू दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लगाउँदै उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले प्रधानलाई पक्राउ गरेको थियो। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछुत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

त्यस बमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपियाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ। प्रधानलाई प्रहरीले पक्राउ गरेको विरोधमा स्थानीयबासीसँगै नेवाः समुदायका अगुवा आक्रोशित भएका छन्। प्रहरी हिरासतमा रहेकी प्रधानलाई तत्काल रिहा गर्न उनीहरूले माग गरेका छन्। यस घटनालाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक बहस चलिरहेको छ।

घरभाडामा दिने वा, नदिने अधिकार घरधनीको रहेको भन्दै घर भाडा नदिएकै आधारमा कारवाही गर्नु भनेको मानवअ धिकार हनन् गर्नु रहेको अभियन्ता राजाराम तण्डुकारको भनाइ रहेको छ। ‘निजी सम्पत्ति भनेको व्यक्तिको निजी अधिकारको कुरो हो। कोठा भाडामा दिने वा, नदिने घरधनीको स्वविवेकी अधिकार हो। कोठा भाडामा नदिनुलाई अपराधको संज्ञा दिन सकिन्नँ’ –अभियन्ता तण्डुकारले भन्नुभयो।

आफ्नी आमासँग बस्दै आएकी उजुरी दिने २४ वर्षीया सुनार गत मंगलबार बबरमहलमा कोठा खोज्न जानु भएको थियो। आफ्नी साथीले देखाउन लगेको कोठा आफूलाई मन परेको र शुरूमा घरबेटी प्रधानले कोठा दिने कुरा गर्नुभएको सुनारले बताउनुभयो। घरबेटीसँग भाडाको कुरा मिलेको र घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नु पर्ने, होहल्ला गर्ने, अबेलाआउने, मान्छेहरू धेरै ल्याउने जस्ताकाम गर्न नपाइने कुरा गरेको सुनारले बताउनुभयो।

कुरैकुरामा घरबेटीले थर सोध्दा आफूले ‘म कामीको छोरी हुँ भनेर बताउँदा घरबेटी केही बेर चुप लागेको भन्दै सुनारले केहीबेर अघिसम्म मिलेर बस्नुपर्ने भनेकी प्रधान अकमकिएको बताउनुभयो। त्यसपछि, घरबेटीले अनकनाएर फोन नम्बर माग्दै म तपाईंलाई पछि खबर गर्छु भनेपछि फर्किएको बताउँदै सुनारले भन्नुभयो– ‘घरबेटी प्रधानले केहीबेर पछि साथीलाई फोन गरेर कोठा नदिने कुरा सुनाउनुभयो। हामी फर्किएको केहीबेरपछि उहाँले साथीलाई फोन गरेर यस्तो–यस्तो मान्छे पो ल्याउनुभएछ है, मलाई त थाहाभएन। बस्नमिल्दैन भन्नुभयो।’

त्यसै दिन राति सुनारले दिउँसो आफूले भोगेको घटनाबारे फेसबुकमा भिडिओ पोस्ट पनि गर्नुभएको थियो। घरबेटी प्रधानका परिवारले भने सुनारले आफू कलाकार भएको बताएपछि रातिराति घर आउने हो कि भन्ने शंकालागेर कोठा भाडामा दिन मन नलागेको बताएका छन्। फोनमार्फत कोठा भाडामा नदिने जानकारी दिँदा पटकपटक कामी भएकोले कोठा नदिएको भनेर उत्तेजित पारेपछि प्रधानले रिसको झाेंकमा ‘हो कामी भएर नदिएको’ सम्म एकपटक भनेको उहाँको परिवारले दाबी गरेको छ।

सुनारको उजुरीबाट पीडित ५८ वर्षीया प्रधानलाई सुनारले पटकपटक आफू कामी हुँ भनेपछि कोठा दिन सङ्कोच लागेको हुन सक्ने अनुमान गर्दै प्रधानको मुद्दा हेरिरहनुभएका अधिवक्ता नरेश श्रेष्ठले भन्नुभयो– ‘तर त्यसो भन्दैमा प्रधानले सार्वजनिक स्तरमै सुनारलाई कुनै किसिमको दुव्र्यवहार भने गरेको छैन। कोठाबाट निकालेको, घर भाडा लिएपछि फिर्ता गरेको जस्ता कुनै पनि व्यवहार गरेको छैन। त्यसैले कोठामा भाडामा दिन्नँभन्ने आधारमा प्रहरीले पक्राउ गर्नु उचित देखिन्नँ।’ यसैबीच, दलित अधिकारवादी संघसंस्थाले सो घटनालाई छुवाछुत विरुद्धको अपराधको रूपमा चित्रण गरी प्रधानलाई कारबाही गर्नुपर्ने पैरवी गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...