News Portal

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पाएनन् भने के हुन्छ ?

हिमालीसंचार संवाददाता
६९९ पटक

पोखरा।
एक हप्ताअघि मात्र नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश प्रमुखसमक्ष बहुमतको आधार पेस गरेर गत जेठ २९ गते पोखरेल मुख्यमन्त्री बनेका हुन्।

त्यसको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत पुष्टि गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअनुरूप मुख्यमन्त्री पोखरेलले नियुक्तिको ७ दिनमै आज विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि अहिले बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन्।

गत जेठ २८ गते पोखरेलले आफ्नो पार्टी कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ठिक्क बहुमत ३१ जनाको समर्थन जुटाई मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए। जतिबेला गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ६० थियो।

तर यसअघि मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला पार्टीको ह्विपविपरीत तटस्थ बसेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसद पदबाट बर्खास्त गरेकाले अहिले गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ५९ मा झेरको छ।

योसँगै अब बहुमतको संख्या पनि ३० मा झरेको छ।
गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन्। यसर्थ आज मुख्यमन्त्री पोखरेलले कथं पहिलेको समर्थनअनुसार बहुमत पाउन सकेनन् भने उनको पद त जाने नै छ, प्रदेश सभा पनि विघटनतिर जानेछ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका गुरुङले विश्वासको मत लिन नकसेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री बनेका थिए। यस उपधाराअनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

तर विश्वासको मत प्राप्त गर्न नसकेका खण्डमा त्यसरी मुख्यमन्त्री कामचलाउ मुख्यमन्त्रीमा परिणत हुनेछ र उसले प्रदेश सभा विघटन र ६ महिनाभित्र मध्यावधि चुनाव घोषणका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्न सक्ने संवैधानिक व्यवस्था छ।

यसर्थ यसअघिको समीकरणमा थोरै मात्र फेरबदल भएका खण्डमा गण्डकी प्रदेशमा उलटपुलट हुने सम्भावना छ। बाढीपीडित क्षेत्र अनुगमनका लागि बिहीबार मनाङ पुगेका मुख्यमन्त्री पोखरेल आज बिहान पोखरा फर्किसकेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...