News Portal

  • गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पाएनन् भने के हुन्छ ?

    हिमालीसंचार संवाददाता
    ६१२ पटक

    पोखरा।
    एक हप्ताअघि मात्र नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश प्रमुखसमक्ष बहुमतको आधार पेस गरेर गत जेठ २९ गते पोखरेल मुख्यमन्त्री बनेका हुन्।

    त्यसको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत पुष्टि गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअनुरूप मुख्यमन्त्री पोखरेलले नियुक्तिको ७ दिनमै आज विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि अहिले बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन्।

    गत जेठ २८ गते पोखरेलले आफ्नो पार्टी कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ठिक्क बहुमत ३१ जनाको समर्थन जुटाई मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए। जतिबेला गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ६० थियो।

    तर यसअघि मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला पार्टीको ह्विपविपरीत तटस्थ बसेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसद पदबाट बर्खास्त गरेकाले अहिले गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ५९ मा झेरको छ।

    योसँगै अब बहुमतको संख्या पनि ३० मा झरेको छ।
    गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन्। यसर्थ आज मुख्यमन्त्री पोखरेलले कथं पहिलेको समर्थनअनुसार बहुमत पाउन सकेनन् भने उनको पद त जाने नै छ, प्रदेश सभा पनि विघटनतिर जानेछ।

    प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका गुरुङले विश्वासको मत लिन नकसेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री बनेका थिए। यस उपधाराअनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

    तर विश्वासको मत प्राप्त गर्न नसकेका खण्डमा त्यसरी मुख्यमन्त्री कामचलाउ मुख्यमन्त्रीमा परिणत हुनेछ र उसले प्रदेश सभा विघटन र ६ महिनाभित्र मध्यावधि चुनाव घोषणका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्न सक्ने संवैधानिक व्यवस्था छ।

    यसर्थ यसअघिको समीकरणमा थोरै मात्र फेरबदल भएका खण्डमा गण्डकी प्रदेशमा उलटपुलट हुने सम्भावना छ। बाढीपीडित क्षेत्र अनुगमनका लागि बिहीबार मनाङ पुगेका मुख्यमन्त्री पोखरेल आज बिहान पोखरा फर्किसकेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...