News Portal

कोरोना रोकथामको लागि नेपाली जन प्रगतिशिल मञ्च कुवेतद्वारा सहयोग

हिमालीसंचार संवाददाता
३४० पटक

कुवेत।

नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० रूपैयाँ सहयोग पठाएको छ। मञ्चले सो रकम बराबर हुन आउने ३२५ केडि ५०० फिल्स मञ्चका सदस्यहरूसँग संकलन गरि पठाएको कुरा मञ्चका सचिब राजन श्रेष्ठले जानकारी दिएका हुन्।

मञ्चले सो रकम मञ्चमा आवद्ध २६ जना सदस्यहरू मार्फत संकलन गरि पठाएको हो। सहयोग बारे बोल्दै मञ्चका अध्यक्ष मनु भुजेल मगरले भने, नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीले विश्वव्यापी महामारी कोरोनाको दोश्रो लहर नेपालमा पनि फैलिएपछि पार्टी मातहत कोरोना रोकथाम तथा नियन्त्रण राहत कोष खडा गरिएको जानकारी गराउँदै सबै वैदेशिक भातृ संगठनहरूलाई राहत कोषमा सहयोग पठाउन उर्दी गरेको थियो।

त्यस लगत्तै नेपाली जन-प्रगतिशिल मञ्च कुवेतको बैठक बसी मञ्चमा आवद्ध पार्टीप्रति निष्ठावान कार्यकर्ताहरूलाइ स्वैच्छिक सहयोग गर्न अनुरोध गरिएको थियो। सोही क्रममा मञ्चमा आवद्ध प्रवासी श्रमिक दाजुभाइ दिदीबहिनीहरूमार्फत स्वेच्छिक रूपमा रकम संकलन गरि सहयोग पठाइएको हो।

अध्यक्ष भुजेलले थपे, हामी प्रवासीहरूहरूलाई राज्यले जतिसुकै उपेक्षा गरे पनि मुलुकलाई अप्ठेरो पर्दा सधैं नै प्रवासीहरूले सहयोग गरेको स्मरण गराउँदै मुलुकमा दैविक, प्राकृतिक विपत्ति पर्दा होस वा, कुनै पनि सेवामुलक कार्य शुरूवात हुँदा होस वा, राज्यले सहयोगको अपेक्षा गरेको कुनै पनि बेला किन नहोस प्रवासी नेपालीहरूले एक कदम अघि बढेर देश र जनताको लागि आफ्नो क्षेत्रबाट योगदान दिएको बताउँदै आफू नै आवद्ध पार्टीले महामारी रोकथामको लागि सहयोगको अपेक्षा गरेको बेलामा त पछि हट्ने कुरै भएन।

मानविय र सामाजिक सेवाका लागि स्वेच्छिक सहयोग गर्ने सदस्यहरू यसप्रकार रहेका छन्।

१. मनु मगर -२५ केडि
२.कुमार झापाली – २० केडि
३.अमृत तामाङ घिसिङ – २०.५ केडि
४.कोषराज राई- १५ केडि
५.राजन श्रेष्ठ- २० केडि
६.दामोदर बटाला – १० केडि
७.दिल कुमार पाख्रिन -६ केडि
८.सुजन केसि – २१ केडि
९.तिल सुब्बा – १० केडि
१०.बिकास सापकोटा – १० केडि
११.इलाज श्रेष्ठ – ५ केडि
१२. श्याम पराजुली – २५ केडि
१३. युवक राई – १० केडि
१४.केदार आले मगर – २० केडि
१५.आनन्द आचार्य – ११ केडि
१६.राजु धिमाल – १० केडि
१७.चन्द्र गोतामे निरन्जन – १० केडि
१८. माधब पौडेल असल यात्री – ११ केडि
१९.. वुद्धि गुरूङ – १० केडि
२०.कमल भण्डारी – १० केडि
२१. कमल कुमार राई – १० केडि
२२. मिलन तामाङ – ५ केडि
२३. नारायण श्रेष्ठ – ५ केडि
२४. ललिता थापा मगर – १० केडि
२५. प्रदिप लवागुन – ५ केडि
२६. सुर्य लामा – १० केडि

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...