News Portal

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, कस्तो छ सम्भावना ?

हिमालीसंचार संवाददाता
९११ पटक

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। आइतबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएअनुसार भट्टले सोमबार नै विश्वासको मत लिन खोजेका थिए। तर कांग्रेसले असहमति जनाएपछि विश्वासको मत लिने कार्यक्रम आजका लागि सारिएको हो।

सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मत हाल्न ह्विप लगाउन संसदीय दललाई निर्देशन दिएको छ।

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन्। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ। सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद छन्।

त्यहाँ एमालेको नेपाल–खनाल समूह बलियो छ। नेपाल–खनाल समूहमा १५ सांसद छन् भने ओली समूहमा ९ सांसद मात्र देखिएका छन्। यस्तै, माओवादी केन्द्रका १४ सांसद रहेकामा अहिले ऊसँग १३ जना मात्रै छन्। माओवादी केन्द्रबाट विजयी अछामका झपडबहादुर बोहरा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमेको हो।

यस्तै, प्रदेश सभामा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन्। मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्छन्। माओवादी केन्द्रले आफ्ना पक्षमा २८ मत आउने दाबी गरेको छ।

‘एमालेको नेपाल–खनाल समूह सरकारमै भएकाले विश्वासको मत सजिलै प्राप्त गर्छाैं,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘एमालेका १५ सांसदले विश्वासको मत दिने अनुमान हामीले गरेका छौँ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता आह्वान गर्दै पार्टीलार्य २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेको अवस्थामा नेपाल समूह संस्थापन पक्षको निर्णय मान्न तयार भए मुख्यमन्त्री भट्टले विश्वासको मत नपाउने सम्भावना छ। तर यस्तो हुने सम्भावना न्यून रहेको नेपाल–खनाल समूहकै सांसद दाबी गर्छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...