News Portal

  • ‘खुवालुङ’माथि किन पर्छ? बार-बार सरकारको नजर!

    “खुवालुङ किरात सभ्यताबाट उठेको समुदायको आस्था र विश्वासको धुरी, प्राचीन सांस्कृतिक बिम्ब हो”

    आश कुमार राई
    ५७६ पटक

    केही समय अगाडि प्रदेश नं १ को सप्तकोशी नदिमा रहेको एउटा ढुंगा ‘खुवालुङ’ फोरेर पानीबोट चलाउने प्रधानमन्त्री खड्ग प्रसाद ओलीले दिएको अ’भिव्यक्तिपछि चौतर्फी उठेको बि’रोधको स्वरहरु पछिल्लो समय फेरि उनकै सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भाषणपछि पनि उहीँ ‘खुवालुङको’ बिषयमा सामाजिक संजाल भरी अझ च’र्को गरी सरोकारवालाहरुको बि’रोध चुलिएको छ। जुन अहिले सामाजिक संजालहरुमा छताछुल्ल छरिएका बि’रोध र बि’बादहरुले यी प्रश्न उठेको देखिन्छ;

    १. यो बिषय के हो ?

    २. वास्तबमा खुवालुङ के हो ?

    ३. जनबि’रोधको बाबजुद यो सरकार किन खुवालुङलाई फु’टाउन बाराम्बार तम्सिरहेको छ ?

    ४. खुवालुङमा सरोकारवालाहरुको भुमिका के हो ? यी प्रश्न स्वाभाबिक रुपले सतह भन्दामाथी उठाई दिएको छ।

    १. तसर्थ यो बिषय के हो त? 

    यो बिषय जनसमुदाय र सरकारबिचको खास सामुदायिक सरोकारको बिषय हो। जुन खुवालुङलाई एउटा सिंगो किरात सभ्यताबाट उठेका किरात समुदायले खुवालुङलाई आफ्नो महत्वपूर्ण आस्थाको केन्द्रको रुपमा मान्दछन । तर सरकारले विकासका नाममा खुवालुङलाई जसरी पनि फुटाएर पानीबोट चलाउन चाहान्छ भन्ने सरकारी कार्यशैलीले प्रष्ट पार्दछ। बि’बादको कडि यहिँ हो । र, यहिँबाट प्रष्ट हुन्छ कि आफ्नो जनता र समुदाय प्रति यो सरकार कति उत्तरदायी छ? कति जवाफदेही छ ? कतिको जनभावना अनुसार काम गर्छ? र जनतासंग कसरी सहकार्य गरीरहेको छ? सरकारले विकासको परियोजना ल्याउनुलाई त नराम्रो कुरो भन्न मिल्दैन। 

    सरकारको काम कर्तब्य र सरोकार भित्रपर्ने असाध्यै राम्रो काम हुन सक्छ यो पानीबोट चलाउने कुरा । तर सरकारले जनसरोकारको बिषयहरुलाई कसरी बुझेको छ? जनताको बिरोधकोबिच फेरी त्यहिँ कार्यक्रम बोकेर बारम्बार आउँछ भने यो सरकारको नियत के हो? प्रश्न यो पनि आउँछ। सरकार भनेको त समुदायको सहयात्री हो । र, सरकार जनसमुदायकै ऐना पनि हो । सरकारलाई भन्दा पनि जनतालाई विकासको आवश्यकता छ । 

    जसकारण जनताले नै उक्त सरकारी योजना पहिल्यै फेल गरी दिएका थिए। हाम्रो अस्तित्व मेटिने विकास हामीलाई चाहिँदैन, हामीलाई मञ्जुर छैन भनी सकेपछि पनी पुन: फेरी किन त्यो आर्थिक बर्षको बजेट भाषणको नीति तथा कार्यक्रममा त्यहिँ खुवालुङ फुटाउने योजना पारियो ? यो गम्भीर विषय हो।

    त्यसको कारण हुन सक्छ। कि यो सरकारले जनभावना अनुरुप काम गरिरहेको छैन। कित यो सरकारको नियत नै ख’राब छ । या त जनसमुदायसंग यो सरकारको सम्बन्ध राम्रो छैन वा कतै न कतै स्थानीय सत्ता र समुदाय प्रति सरकार पु’र्बाग्रही छ। या स्थानीय समुदाय र सरकारकोबीच एक-अर्कामा विश्वास छैन भन्ने कुराको बोध गराउँछ। यो दुखद पक्ष हो।

    २.वास्तबमा खुवालुङ के हो ?

    त्यो माटोको भूमिपुत्र किरातीहरुको दृष्टिकोण अनुसार त्यो ढुंगा अथवा ‘खुवालुङ’ सिंगो आधुनिक किरात समाजको एउटा बलियो जग हो। मुन्धुमी मूल्य र मान्यता अनुसार अहिलेको सिंगो आधुनिक किराती समाज त्यहिँ ‘खुवालुङमाथि’ उभिएको विश्वास छ। यस अर्थमा ‘खुवालुङ’को मुल्य किरात समुदायको हकमा बेग्लै छ। जुन प्राचीन मौखिक-दर्शन मुन्धुममा त्यसको महत्वपुर्ण व्याख्या भएको छ। 

    जसकारण हामी खुवालुङलाई मात्र एउटा मामुली ढुंगाको रुपमा हेर्दैनौं। यो हाम्रो आस्था र विश्वाससंग पनि जोडिएको छ। किरात समुदाय उनको सर्वोच्च संस्था “किराया” खुवालुङलाई फुटाउन दिँदैनौं भन्ने तर्क छ। तर सरकारको दृष्टिकोणमा खुवालुङ एक मामुली ढुंगा हो। जसले पानीबोटको जलमर्गलाई अ’बरोध गरेको छ। त्यसैले त्यसको अ’बरोध हटाएर विकासलाई पुर्णता दिनु पर्दछ। दुबैतर्फको कुरो हेर्दा र सुन्दा खुवालुङ ढुंगा नै हो। तर आस्था र अ’बरोध, विकास र विश्वासको मूल्यमान्यताहरुमा फरक दृष्टिकोण बनेको कारण यतिबेला ‘खुवालुङ’ बि’बादको बिषय बनेको छ। हरेक कुरालाई बर्तमान अवस्थाबाट मात्रै हेरेर, व्याख्या, विश्लेषण गरेर पुग्दैन।

    तसर्थ, त्यसलाई ऐतिहासिक भौतिकबादी दृष्टिकोणसंग जोडेर हेर्नू पर्दछ। बर्तमान अवस्थाबाट हेरियो भने त्यो ढुंगा हो, जसले विकासलाई अ’वरोध पुर्‍याएको देखिन्छ। त्यो नै सत्य पनि हो। तर फेरि त्यो ढुंगा, एउटा ऐतिहासिक प्राचीन सभ्यतासंग जोडिए पछि एउटा ठूलो र ऐतिहासिक समुदायको आस्था र विश्वाससंग जोडिएपछि त्यो भावना र दृष्टिकोणाबाट हेर्यो भने अब त्यो ढुंगा होईन, सामुदायको आस्था र विश्वासको अभुतपुर्व ऐतिहासिक अनि भव्य सम्पदाको रुपमा देखिन्छ।

    तसर्थ, त्यसलाई भौतिक तथा ऐतिहासिकधारबाट हेर्दा र बुझ्दा, पुर्खाहरुको शब्द-अध्यय सुनिए अनुसार ‘खुवालुङ’ लिम्बु र खम्बु किरातीहरु छुट्टिँदा एक अर्काको ‘खुवा’ अथवा आ-आफ्नो एरिया वा ईलाका क्षेत्र अथवा सिमाना मानेको ढुंगा हो पनि भन्ने गरेको पाईन्छ। 

    अर्कोतिर अहिले विभिन्न ठाउँमा विभिन्न अवस्थामा रहेका आम किरातहरु छुट्टिएको ऐतिहासिक थलोको रुपमा पनि यसलाई विश्वास गरेको पाईन्छ, त्यो नै सत्य हुन पनि सक्छ अथवा त्यो सत्य नहुन पनि सक्छ। तर त्यहाँ आदिमकालदेखि बसोबास गर्दै आएको रैथाने समुदायले त्यो बिश्वास गर्छ भने सरकारले त्यो जनसमुदायको विश्वास र आस्थामाथी सम्मान गर्नु पर्छ कि पर्दैन ? मुन्धुमी व्याख्याअनुसार किराती समुदायले मृ’त्यु पर्यन्त “नक्छो”धामिको माध्यमद्वारा मृ’ताआ’त्मा त्यहाँ पुग्ने र पुर्‍याईने एउटा स्थानको रुपमा पनि विश्वास गर्छ। 

    भलै, त्यो विश्वास सहि नहुन सक्छ तर एउटा सभ्यताबाट उठेको समुदायले जुन विश्वास गर्छ, त्यो कुरोलाई सरकारले आत्मासाथ गर्दै त्यो सभ्यता प्रति सम्मान गर्नु पर्छ कि पर्दैन? अनि खुवालुङ किरात सभ्यताको एउटा महत्त्वपूर्ण कडि हो भनिन्छ । त्यो विश्वास प्रति किन सरकार नि’र्मम बन्नु पर्यो? विकास गर्ने नै हो भने सरकार किन खुवालुङ नमासिने गरि बिकल्प खोज्दैन? अर्को कुरा खुवालुङ प्रति किरात समुदायले अहिले गर्दै गरेको विश्वास र सरकारले त्यो मामुली ढुंगा हो भनि दाबी गरिरहेको भन्दा फरक, खुवालुङ प्राचीन किरात सभ्यताले पत्ता लगाएको अर्कै बहुमुल्य महत्वपूर्ण बस्तु पनि हुन सक्दछ। 

    नत्र किन मुन्धुममा खुवालुङ कोड गरेरै महत्त्वपूर्ण स्थानको रुपमा राखियो होला ? त्यसको खोजीचाहिँ किन नगर्ने ? तसर्थ खुवालुङ सरकारको दृष्टिकोण अनुसार ढुगा हो। किरात समुदायको लागि खुवालुङ विश्वास तथा किरात सभ्यताको महत्वपूर्ण कडि दुबै हो। तर समाज र समुदायबिना सरकार बन्दैन। सरकार, समाज र समुदायकै प्रतिबिम्ब हो। 

    जसकारण जिम्मेवार सरकारले उक्त सामुदायीक सभ्यताको विश्वास र भावनाको कदर गर्नु पर्दछ। सरोकारवाला समुदायले पनि बि’रोध मात्रै होईन बरु खुवालुङ के हो ? पत्ता लगाउन खुवालुङ बि’नास नहुने गरि आधुनिक प्रबिधीहरुको प्रयोग साथै र बौद्धिक ज्ञानहरुको प्रयोग गरि त्यसको अध्यन र अनुसन्धानमा सरकार र सरोकारवाला समुदायले सहकार्य गर्दा के हुन्छ ?

    ३. जनबि’रोधको बाबजुद सरकार किन खुवालुङलाई फु’टाउन बाराम्बार तम्सिरहेको छ ?

    यो उदेक लाग्दो प्रश्न छ। र, सरकार जनबि’रोधी हर्कत गर्न तम्सिएको देख्दा थुप्रै शं’काहरु पनि उब्जिएका छन। किन भने यो देशमा अहिले हिन्दु धर्म संस्कृति तथा हिन्दु सभ्यताको भन्दा फरक संस्कृति सभ्यता भएको समुदायको पहिचान र, अस्तित्वलाई पटक्कै स्वीकार गर्न न’सक्ने घो’र ए’कात्मकबादी सरकार छ। जसलाई आदिबासी जनजातीहरुले मन पराउँदैनन र उसको क्रियाकलापहरु पनि आदिबासी जनजाती मैत्री देखिँदैन। तसर्थ यसमा सरकारको दुईवटा नियत देखिन्छ:-

    (क) हुन सक्छ यो ढुंगासंग कतै न कतै यो देशको सबै भन्दा पुरानो किरात सभ्यता, साँस्कृति अनि सामाजिक विश्वास जोडिएको छ। त्यो उसलाई राम्ररी थाहा छ। त्यसकारण विकासको नाउँमा सरकारले त्यो खुवालुङलाई फु’टाएर भौतिक रुपमा न’ष्ट गर्न तम्सिरहेको छ। जुन कामको कारण किरातीहरुको साँस्कृतिक र सामाजिक सभ्यता अरु अ’न्योलता तिर धकेल्न मद्दत पुग्दछ र कालन्तरमा ध’र्म नभएको किरात समुदायको साँस्कृतिक, सामाजिक र सभ्यताको पहिचान नामेट गरेर हि’न्दुकरण गर्न सजिलो होस भन्ने स्वार्थपुर्ण ए’कात्मकबादी अभिष्टको कारणले हुन सक्छ।

    (ख) अहिलेको यो सरकार राष्ट्रिय तथा अन्तराष्ट्रीय त’स्कर तथा मा’फियाहरुको कठपु’तली झैं बनेको सबैमा जकजाहेर छ। यो कुरो यहाँ अवगत गराईराख्नु पर्दैन। सरकार खुवालुङलाई विभिन्न बहानामा फु’टाउने प्रयत्न किन गर्छ? सामुदायीक हिसाबले त्यसको प्र’तिरोध गर्दा पनि बाराम्बार विभिन्न रुपबाट खुवालुङ फुटाउने सरकारी योजना बनेर किन आउँछ ? कतै यो खुवालुङ सामान्य ढुंगा नभएर कतै असाधारण किसिमको बहुमुल्य पथ्थर अथवा धातु त होईन? खुवालुङ भएको त्रिबेणीदेखि करिब तीन चार किलोमीटरतल बराहक्षेत्र मन्दिर परिसरमा एउटा अनौठो ढुंगा देख्न सकिन्छ । त्यो ढुंगा सानो गोलो आकारको अनौठो रहेको छ तर अस्वाभाविक गह्रौ छ। 

    त्यो ढुंगालाई दुई नम्बरी राष्ट्रिय र अन्तराष्ट्रिय त’स्करहरुले चो”री गर्न निक्कै मेहनत गर्दा पनि अस्वाभाविक गह्रौ भएका कारण सफल नभएको कुरा त्याहाँका अघिल्लो पुस्ताको जानकार मानिसहरुले बताउने गरेका थिए। त्यो ढुँङ्गा कहाँबाट त्यहाँ आयो ? त्यो ढुँङ्गा कहिलेदेखि त्यहाँ छ? त्यो के हो ? कतै त्यो ढुँङ्गा धेरै समय अगाडि विभिन्न कारणले त्यहिँ खुवालुङबाट चोईटिएर संयोगबस त्यहाँ आएको त होईन? सुन्नमा आएअनुसार खुवालुङको मदररक ल्याब टेस्टको लागि कसैले त्यहाँबाट निक्कै अगाडि बिदेशतिर लगि सकेको छ। कतै त्यो कुनै बहुमुल्य धातुको खानी भएको कारण सरकारले विकासको योजना बनाउने र त्यहिँ विकासे सरकारी योजनाको माध्यमबाट सरकारकै मिलेमतोमा त”स्करहरु त त्यहाँ पस्न खोजेका छैनन? 

    अर्को कुरा मुन्धुम एक अलिखित तर भव्य भौतिकबादी प्राचीन दर्शन हो। दर्शन भनेको आफुले हाँसिल गरेको ज्ञानको समष्ठिगत दस्ताबेज पनि हो। मुन्धुममा दुई किसिमको ज्ञानहरु दस्ताबेजिकरण भएको पाईन्छ । एउटा किरात सभयताको ऐतिहासिक घटना र त्यसको विम्वहरणहरुको वर्णन गरेको पाईन्छ भने अर्को मुन्धुमले विज्ञान र भौतिक जगतमा हाँसिल गरेको हरेक ज्ञानहरु र महत्त्वपूर्ण आबिस्कारहरुको वर्णन भएको पाईन्छ। जसकारण मुन्धुमको महत्वपुर्ण स्थानमा रहेको खुवालुङको बारेमा यति भन्न सकिन्छ। कि त्यो खुवालुङको महत्व किरात महासभ्यताको ऐतिहासिकतासंग सम्वन्धित छ। कित मुन्धुमले गरेको वैज्ञानिक, भौतिक खोज तथा अनुसन्धानको एउटा महत्वपूर्ण उपलब्धिको कडि हो भन्न सकिन्छ। 

    त्यसकारण खुवालुङको संरक्षण गरेर अरु अध्यायन तथा अनुसन्धान गर्न जरुरी छ । सरकारलाई विकास नै गर्ने हुटहुटी चलेको हो भने खुवालुङलाई छलेर योजना फत्ते गर्न नसक्ने कारण के छ ? र खुवालुङलाई नफुटाई नहुने त्यस्तो कारण के छ ? त्यसैले सरकारले विकासको योजना बनाउँदा स्थानीय समुदायको खुशी समेटिनु पर्छ । स्थानिय सरोकार वालाहरुको भावना र सहमति समेटिएको हुनु पर्दछ। त्यो सरकारको दायित्व हो, त्यो सरकारको जिम्मेवारी र कर्तब्य हो । 

    स्थानीय सरोकारवाला समाज तथा समुदायको अस्तित्वमाथी सं’कट पैदा गर्ने, उसको आस्था र विश्वासको धुरी भ’त्काउने, उसको खुशी लु’टेर, उसको पहिचान नामेट गरेर विकास नामको एउटा बलात साँस्कृतिक उ’त्पिडन जननिर्वाचित अनि जिम्मेवार सरकारले गर्न सक्दैन ।

    त्यसकारण यो सरकार जननिर्वाचित सरकार हो कि होईन? अनि यो सरकार कतै मा’फियाहरुको चंगोलमा त फँ’सेको छैन? सरकारको कार्यशैलिले यी शं’काको प्रश्नहरु पनि जन्माएको छ। 

    यी प्रश्नहरुको जवाफ सरकार स्वयमले दिनु पर्छ। नत्र यो एकात्मकबा’दी सरकारले सत्तालाई गलत ढंगले प्रयोग गरेर विकासको नाममा सत्ताधारी संस्कृति भन्दा फरक संस्कृति भएका समुदायहरु प्रतिको विश्वस माथी डो’जर चलाई रहेको छ। कित यो सरकारले सिंगो किरात सभ्यतामाथी जानाजान धा’वा बोलिरहेको छ। 

    सरकारको क्रियाकलापले अझै यो शंकाको प्रश्न गर्ने ठाउँ दिएको छ कि, यो सरकार भूमिपुत्र किरातहरुको ऐतिहासिक तथा प्राकृतिक सम्पदा र सम्पतीमाथी त”स्करहरुसंग मिलेर लु”टको योजना त बुनिरकेको छैन ? जसको मूल्य पैसा, रुपैयाँमा गणना हुन सक्दैन र अरु कुनै बहुमुल्य तथा लिलामी बस्तुहरुसंग सटही बिनिमय पनि हुन सक्दैन। सरकारले यो कुराको हे’क्का राख्नु पर्दछ।

    ४.सरोकारवालाहरुको भुमिका के हो ?

    सरोकारवालाहरुको भुमिका के हो भन्ने सवाल भन्दा पहिले सरोकारवालाहरु को-को हुन भन्ने प्रश्न आउला । सरोकारवाला त जनसरोकारसंग जोडिएसंगै सबैभन्दा पहिले सरकार आफै हो। जो फु’टाउन उद्धत छ। त्यसपछि नेपाल बहु-भाषिक बहु-साँस्कृतिक र बहु-धार्मिक भएको देश हो भनी स्वीकार गरेर सहिष्णुभाव राख्ने सम्पूर्ण सरोकारवाला ब्यक्ती तथा समुदायहरु हुन । जसले विभिन्न समुदाय तथा तह तप्काबाट यसको संरक्षणमा बल दिईरहेका छन। र, अर्को स्वंयम किरात समुदाय नै हुन । 

    जुन समुदायको केही सचेत ब्यक्तिहरु बढी सक्रिय देखिन्छ। संस्थागत हिसाबले आदिबासी जनजाती साहित्यकार/लेखकसंघ खुलेर लागेको देखिन्छ । तर सम्पुर्ण किरात मुक्तिको मुक्तिदाता, जानकार अनि मै हुँ भन्ने यो देशको शक्तिशाली पार्टीहरुको गोलमेच बैठकबाट नेतृत्व चयन हुने किरायाको नेतृत्व न”श्लिय हिन्दु सर्बसत्ताबादी पार्टि तथा बर्तमान सरकारको जातिय संगठन जस्तो भएको सबैलाई थाहै छ। 

    उसले जहिले पनि पार्टीको स्वीकृती लिएपछि मात्रै बोल्नु पर्ने हुन्छ होला, अनि त जब हरेक आ”न्दोलन, बि”बादहरु एउटा क्लाईमेक्समा पुग्छन। तब अन्तिम-अन्तिमतिर बोलेर खाली जस थाप्ने काम मात्रै गर्छ। किरायाले पनि यसको बारेमा सामुदायिक दबाब बढेपछी सँधै झैं ढिलै भएपनी संरक्षणको पक्षमा उभिएको विज्ञप्ति निकालेको सकारात्मक खबरहरु बाहिर आउँदैछ। तसर्थ यो देश सम्पूर्ण नेपालीहरुको साझा देश हो। यो देशमा भएको सम्पूर्ण संस्कार, संस्कृति, ईतिहाँस, सभ्यता, धर्म, जाति, समुदाय, यो देशको हो । 

    त्यसैले यो देश अथवा राज्यले यी सम्पूर्ण सरोकारवाला समुदायहरुसंग सहकार्य गर्दै यी कुरोहरुलाई आफ्नो अस्तित्वको रुपमा स्वीकार गर्नु पर्दछ। जसको संरक्षण, सम्बर्द्धन अनि विकास गर्दै अरु भब्य बनाउने संबन्धित सरोकारवाला, राज्य र सरोकारवाला समुदाय दुबैको दायित्व हो। र अन्तत: अब के गर्ने ? भन्ने बिषयमा निर्णायक भुमिका पनि उनिहरुकै रहन्छ।

    “निस्कर्ष

    निस्कर्षमा हामी के भन्न सक्छौं भने सामुदायिक विश्वासको दृष्टिकोणबाट खुवालुङ एउटा किरात सभ्यता र संस्कृतिको महत्वपुर्ण स्टेसन हो। खुवालुङ किरात सभ्यताबाट उठेको समुदायको आस्था र विश्वासको धुरी र मुन्धुम विज्ञान हो। खुवालुङ जुन विज्ञानले स्थास्पित गरेको र उसको ऐतिहासिक ज्ञान-चेतनासंग जोडिएको एक महत्वपूर्ण कडि र मुन्धुमी अभिलेख हो। खुवालुङ मुन्धुमी विचारले हासिल गरेको महत्त्वपूर्ण मूल्य-मान्यता तथा ज्ञानहरुको उपज हो। मुन्धुम प्राचीन किरात सभ्यताको अभिलेख तथा दस्ताबेज हो। 

    “त्यसैले मुन्धुममा बर्णित खुवालुङ आफै प्राचीन ऐतिहासिक किरात सभ्यताको ईतिहास र  प्राचीन सांस्कुतिक बिम्ब पनि हो । खुवालुङ राष्ट्रको महत्वपूर्ण साँस्कृतिक सम्पदा मात्र होईन राष्ट्रको ऐतिहासिक र मौलिक पहिचान पनि हो। तर अहिलेको भौतिक परिस्थिति र परिवेश अनुसार खुवालुङ मुन्धुममा वर्णन भएको कारणले मात्र अब महत्वपूर्ण र ऐतिहासिक बन्न सक्दैन।”

    जसलाई यो समय सापेक्षीक ज्ञान-चेतनाले त्यसको अरु खोज अनुसन्धान गर्दै ऐतिहासिक तथ्यहरुमा टेकेर आधुनिक विज्ञान र प्रबिधिको उचाईमा यसको बैचारिक महत्वलाई उठाउन सकिएन भने अहिले बजारमा चलेको खुवालुङको महत्व र सान्दर्भिकताको अर्थ रहँदैन। 

    समयले सृजना गरेको एक विकाउ बजारिया हल्ला र खुवालुङ बचाउने विभिन्न किसिमका अभियानताहरुको सामुहिक भ्र’मणको लहड र खाजापानी संकलन गर्ने मौसमी श्रोतको रुपमा मात्रै सिमित हुने निश्चित छ। त्यहिमाथी यो देशको सरकार घोर ए’कात्मकबा’दी छ। त्यसकारण तत्काललाई खुवालुङ फुटाउन नदिनु महत्वपूर्ण उपलब्धी हुन सक्छ तर त्यो मात्रै ठूलो कुरो भने हैन। 

    त्यसपछि हामी कसरी संगठीत हुन्छौँ ? त्यसपछि हामी के भन्छौं? त्यसपछि हामी के गर्छौ ? अनि हामी कुन धारबाट अगाडि बढ्छौं ? यो ए’कात्मकबा’दी राज्यसत्तासंग हामी कसरी ल’ड’छौ ? भन्ने चुनौतीहरु प्रधान बनेर आउने छन। त्यसको तयारी हामी कसरी गर्छौं ? हाम्रो किरात सामुदायिक सभ्यताको रक्षा गर्दै त्यसको अ’स्तिव, त्यसको विकास र अबको हाम्रो बाटो कता ? भन्ने कुराहरु आगामी दिनको लागि बढी अर्थपूर्ण अनि महत्वपूर्ण हुनेछन् ।

    आश कुमार राई, काठमाण्डौ नेपाल 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...