News Portal

  • राजेन्द्र महतोले उपप्रधानमन्त्रीको कार्यभार समाल्दै

    हिमालीसंचार संवाददाता
    ३३१ पटक

    काठमाण्डौ – नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गगठन गरेको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्रीसहित १७ सदस्य रहेका छन्। जनता समाजवादी दल (जसपा) को महन्थ ठाकुर पक्षलाई समेटी प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

    उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोले आफूहरुका अधिकांश माग पूरा भएकाले पार्टी सरकारमा सहभागी भएको बताएका छन् । सरकारमा रहुन्जेल पार्टीका माग मुद्दा कार्यान्वयनमा लागिपर्ने उनले बताए । शहरी विकास मन्त्रालयमा शुक्रवार राति पदभार सम्हाल्दै मन्त्री महतोले जनताको माग मुद्दा सम्वोधनको लागि सरकारमा सहभागी भएको बताएका हुन् ।

    ‘संसद विघटनको मुद्दा सर्वोच्चमा छ, त्यो अदालतले हेर्दै गर्ला । हामी हाम्रो माग मुद्दाका लागि सरकारमा सहभागी भएका हौँ । मुख्य रुपले जनताको माग मुद्दाकै लागि सरकारमा सामेल भएका छौँ। त्यसैले अदालतले के फैसला हाम्रो सरोकारको विषय होइन, सरकारमा रहुञ्जेल माग मुद्दामा रहेर काम गछौं’ महतोले भने ।

    महतोले सरकारमा बसेर पार्टीको एजेण्डा कार्यान्वयन गर्ने र आन्दोलनको तयारी पनि गर्ने बताए । ‘अधिकार, पहिचान सुशासन र समृद्धिको सवाल पार्टीको एजेण्डा अगाडि बढाउने, बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने यी काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउदै जाने र विगतको आन्दोलनको माग मुद्दा सम्वोधनका लागि हामी सरकारमा सहभागि भएको हो’ महतोले भने ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...