News Portal

राजेन्द्र महतोले उपप्रधानमन्त्रीको कार्यभार समाल्दै

हिमालीसंचार संवाददाता
४४८ पटक

काठमाण्डौ – नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गगठन गरेको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्रीसहित १७ सदस्य रहेका छन्। जनता समाजवादी दल (जसपा) को महन्थ ठाकुर पक्षलाई समेटी प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोले आफूहरुका अधिकांश माग पूरा भएकाले पार्टी सरकारमा सहभागी भएको बताएका छन् । सरकारमा रहुन्जेल पार्टीका माग मुद्दा कार्यान्वयनमा लागिपर्ने उनले बताए । शहरी विकास मन्त्रालयमा शुक्रवार राति पदभार सम्हाल्दै मन्त्री महतोले जनताको माग मुद्दा सम्वोधनको लागि सरकारमा सहभागी भएको बताएका हुन् ।

‘संसद विघटनको मुद्दा सर्वोच्चमा छ, त्यो अदालतले हेर्दै गर्ला । हामी हाम्रो माग मुद्दाका लागि सरकारमा सहभागी भएका हौँ । मुख्य रुपले जनताको माग मुद्दाकै लागि सरकारमा सामेल भएका छौँ। त्यसैले अदालतले के फैसला हाम्रो सरोकारको विषय होइन, सरकारमा रहुञ्जेल माग मुद्दामा रहेर काम गछौं’ महतोले भने ।

महतोले सरकारमा बसेर पार्टीको एजेण्डा कार्यान्वयन गर्ने र आन्दोलनको तयारी पनि गर्ने बताए । ‘अधिकार, पहिचान सुशासन र समृद्धिको सवाल पार्टीको एजेण्डा अगाडि बढाउने, बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने यी काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउदै जाने र विगतको आन्दोलनको माग मुद्दा सम्वोधनका लागि हामी सरकारमा सहभागि भएको हो’ महतोले भने ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...