News Portal

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर, एमालेका चारबाहेक सबै मन्त्री ‘आउट’ 

शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै !

हिमालीसंचार संवाददाता
५४९ पटक

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा व्यापक हेरफेर गर्ने निर्णय गरेका हुन्।

ओलीले जसपाका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई शपथ ग्रहण गराउन लागेका छन् भने एमालेका चारबाहेक सबै मन्त्रीलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले एमालेका अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई हटाएका हुन्।

ओलीले जसपालाई सरकारमा सहभागी गराएसँगै पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्। ओलीले एमालेका नेता रघुवीर महासेठ, शेरबहादुर तामाङलगायत नेतालाई मन्त्री बनाउने तयारी गरेका छन। शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै छन्।

स्रोतका अनुसार ओलीले अर्थमन्त्री विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा एकसाथ पुनर्गठित मन्त्रिपरिषदका सदस्यले शपथ लिँदैछन्।

ओली सरकारमा जसपाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतो उपप्रधानमन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी ऊर्जा, अनिल झा खानेपानी, बिमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा, लक्ष्मणलाल कर्ण भूमी व्यवस्था, चन्दा चौधरी महिला, एकबाल मियाँ वन, चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङले महिला राज्यमन्त्रीको रुपमा शपथ लिँदैछन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...