News Portal

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर, एमालेका चारबाहेक सबै मन्त्री ‘आउट’ 

शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै !

हिमालीसंचार संवाददाता
४९४ पटक

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा व्यापक हेरफेर गर्ने निर्णय गरेका हुन्।

ओलीले जसपाका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई शपथ ग्रहण गराउन लागेका छन् भने एमालेका चारबाहेक सबै मन्त्रीलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले एमालेका अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई हटाएका हुन्।

ओलीले जसपालाई सरकारमा सहभागी गराएसँगै पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्। ओलीले एमालेका नेता रघुवीर महासेठ, शेरबहादुर तामाङलगायत नेतालाई मन्त्री बनाउने तयारी गरेका छन। शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै छन्।

स्रोतका अनुसार ओलीले अर्थमन्त्री विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा एकसाथ पुनर्गठित मन्त्रिपरिषदका सदस्यले शपथ लिँदैछन्।

ओली सरकारमा जसपाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतो उपप्रधानमन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी ऊर्जा, अनिल झा खानेपानी, बिमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा, लक्ष्मणलाल कर्ण भूमी व्यवस्था, चन्दा चौधरी महिला, एकबाल मियाँ वन, चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङले महिला राज्यमन्त्रीको रुपमा शपथ लिँदैछन्।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...