News Portal

जसपामा महन्थ, राजेन्द्रसहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण

हिमालीसंचार संवाददाता
४३२ पटक

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई पुनः स्पष्टीकरण सोधेको छ।

गएको जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयानुसार स्पष्टीकरण सोधिए पनि त्यसको जवाफ नआएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पुनः स्पष्टीकरण सोधिएको हो।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले पठाएको स्पष्टीकरणपत्रमा २४ घण्टाभित्र जवाफ दिन भनिएको छ। अघिल्लोपटक तीन दिनको समय दिँदा पनि स्पष्टीकरणको जवाफ नआएकाले फेरि पत्र पठाइएको जनाइएको छ। स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...