News Portal

पुर्वाञ्चलका विभिन्न स्थानमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

हिमालीसंचार संवाददाता
४१७ पटक

सुनसरी – प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा माओवादी निकट वाइसीएलले पुर्वाञ्चलको विभिन्न स्थानहरुमा आइतबार साँझ राँके जुलुश संगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्।

वाइसीएल लिगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसंगै उर्लाबारीमा राँके जुलुस निकालेकोा थिए। वाइसीएल केन्द्रिय निर्वाचन आयोग सदस्य दिपक आले मगरले  राकेजुलुस र पुत्ला दहन गरिएको बताए ।

‘कोरोना भाइरस लागेर म बरु मर्न तयार छु तर यो देशको ब्यवस्था मर्न दिन्न’ भन्ने नारा सहित राकेजुलुस निकालिएको राजिब लिम्बुले बताए ।

त्यस्तै, सुनसरीको धरानमा पनी धरानमा वाइसिएल नेपाल सुनसरीद्वारा संसद विघटनको विरोधमा धरान नगरपालिकाको भानुचौक स्थित प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका थिए। विरोध सभामा वाइसिएल नेपाल सुनसरीका पदाधिकारी सहितको उपस्थितिमा विरोध प्रदर्शन गरिएको हो । 

कोरोना भाइरसको दोश्रो भेरिएन्ट संक्रमणले देश र जनता आक्रान्त भइरहेको अवस्थामा सत्ता र शक्तिका लागि लकडाउनको मौका छोपी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गरेर सबिधानको बर्खिलाप गरेको वाइसिएल नेपाल सुनसरी जिल्ला फ्र्याक्सन इन्चार्ज पुर्ण भुजेल चिन्तनले बताए।

प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम प्रतिगमन हो यसको विरोधमा प्रतिगमन नसचिउनजेस सम्म विरोध निरन्तर जारि रहने पनि उनले बताए। यो विरोध देशव्यापीरुपमा अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल अपनाएर प्रतिगमन नसचिउन्जेल हामि सडकबाट विरोध गर्ने इन्चार्ज चिन्तनले बताए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...