News Portal

राष्ट्रपतिमाथि मुद्दा लाग्दैन : केपी ओली

हिमालीसंचार संवाददाता
४७१ पटक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जति नै मुद्दा हाले पनि नलाग्ने दाबी गरेका छन्। प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै व्यापक आलोचना भइरहेका बेला ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले गरेको जिकिर गरे।

उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने, सच्चाइका लागि एकजनाले हाले पनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो, ओलीले आइतबार बालुवाटारमा प्रेस चौतारीआबद्ध पत्रकारसँग भने, ‘न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन। राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँमा कुनै उजुरी लाग्दैन।’

राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै ओलीले जतिजनाले मुद्दा राखे पनि त्यसको अर्थ नहुने बताए। जेठ ७ गते १ सय ४९ जना सांसदको हस्ताक्षरसहित धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्न पेश भएको कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी राष्ट्रपतिले खारेज गरिदिएकी थिइन्।

सो कदमप्रति कांग्रेस सहितका ५ दलले कानुनी र न्यायिक लडाइँ लड्ने सहमति गरेका छन्। भोलि सोमबार पाँच दलले सर्वाेच्च अदालतमा १ सय ४९ जनाकै हस्ताक्षर र नागरिकतासहित जाने तयारी गरेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...