News Portal

राष्ट्रपतिमाथि मुद्दा लाग्दैन : केपी ओली

हिमालीसंचार संवाददाता
४०३ पटक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जति नै मुद्दा हाले पनि नलाग्ने दाबी गरेका छन्। प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै व्यापक आलोचना भइरहेका बेला ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले गरेको जिकिर गरे।

उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने, सच्चाइका लागि एकजनाले हाले पनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो, ओलीले आइतबार बालुवाटारमा प्रेस चौतारीआबद्ध पत्रकारसँग भने, ‘न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन। राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँमा कुनै उजुरी लाग्दैन।’

राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै ओलीले जतिजनाले मुद्दा राखे पनि त्यसको अर्थ नहुने बताए। जेठ ७ गते १ सय ४९ जना सांसदको हस्ताक्षरसहित धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्न पेश भएको कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी राष्ट्रपतिले खारेज गरिदिएकी थिइन्।

सो कदमप्रति कांग्रेस सहितका ५ दलले कानुनी र न्यायिक लडाइँ लड्ने सहमति गरेका छन्। भोलि सोमबार पाँच दलले सर्वाेच्च अदालतमा १ सय ४९ जनाकै हस्ताक्षर र नागरिकतासहित जाने तयारी गरेका छन्।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...