News Portal

प्रतिनिधिसभा भंग, कात्तिक २६ गते र मंसिर ३ गते मध्यावधि निर्वाचन हुने

हिमालीसंचार संवाददाता
३९३ पटक

काठमाडौं – शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय गरेको छ। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेकाे हाे। यसअघि, राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्तिमार्फत् दिएको थियो।

राष्ट्रपति कार्यालयले मध्यरातमा विज्ञप्ति जारी गरेलगत्तै संसद् विघटन गर्न मन्त्रिपरिषद बैठक आह्वान गरिएको गुरुङले बताएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दावी नपुगेको ठहर गरेकी थिइन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने दावी गर्दै १ सय ४९ जना सांसदहरूको हस्ताक्षर बुझाइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए।

ओलीले एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ जनाले आफूलाई समर्थन गर्न पत्र पेश गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दावी नपुगेको ठहर गरेकी छन्।

राष्ट्रपति भण्डारीको यो निर्णयसँगै अब देश निर्वाचनमा जाने भएको छ। अब संसद भंग गरेर मध्यावधि चुनावमा जाने पक्का भएको हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ उपधारा ५ अनुसार दुवै जनाको दाबी नपुगेको जिकिर गरेको छ।

राष्ट्रपति भण्डारीले उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...