News Portal

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, विदेश विभागमा को-को ?

हिमालीसंचार संवाददाता
४१६ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अन्तर्राष्ट्रिय समन्वय समितिको विस्तारित बैठकले पार्टीको विदेश विभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ। नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

पुनर्गठित नेपाली जनप्रगतिशिल मञ्चको मध्यपूर्व क्षेत्रिय संयोजकमा शनि कुमार ओली कतार र सचिवमा हरि नेपाली युएई रहेका छन्। यसैगरि, एशिया प्याशिफिक क्षेत्रिय संयोजकमा हर्क थापा जापान र सचिवमा रमेश तिवारी मलेशिया रहेका छन भने मलेशियाको अध्यक्षमा प्रेम पाण्डे र रुपधन घर्तिमगर सचिबमा चयन भएका छन्। अन्य क्षेत्रिय समितिहरुका बारेमा छलफल भइरहेको र छिट्टै गठन हुने अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष युवराज चौलागाईले जानकारी दिए।

नेपाली जनप्रगतिशिल मञ्चको मध्यपूर्व क्षेत्रअन्तर्गतका देशहरु कतारमा रकमध्वज राई अध्यक्ष र सचिवमा मोहन कार्की, युएईमा अध्यक्ष बाबुराम विश्वकर्मा र सचिवमा रविरमण अधिकारी, साउदी अरबको अध्यक्षमा शिवराज जैसी र सचिवमा रामचन्द्र वाग्ले रहेका छन्।

यस्तै, ओमनको अध्यक्षमा उमेश बिक र सचिवमा पूर्ण बिक, बहराईनको अध्यक्षमा युवराज केसी र सचिवमा कमल घिमिरे, कुबेतको अध्यक्षमा मन बहादुर भुजेल (मनु मगर) र सचिवमा राजन श्रेष्ठ, इजरायलको अध्यक्षमा अनिरुद्र शर्मा र सचिवमा दिपेन गुरुङ चयन भएका छन्।

यसैगरि, जनप्रगतिशिल मञ्चको मध्यपूर्व क्षेत्रिय समितिका सदस्यहरुमा प्रेम कुमार बिक कतार,जैबी राई कतार, निर्मल शाही साउदीअरब, पदम अर्याल ओमन, जीवन श्रेष्ठ बहराईन रहेका छन भने, मध्यपूर्वका सबै देशका अध्यक्षहरु पदेन सदस्य रहने क्षेत्रिय संयोजक ओलीले बताए।

मध्यपूर्व क्षेत्रिय संयोजक भएपछि ओलीले मध्यपूर्वका सम्पुर्ण नेपाली श्रमिकहरुलाई संगठित गर्दै उनीहरुको पक्षमा आवाज उठाउने बताए। जनयुद्दको शुरुवातिदेखि नै पार्टीको लागि लडेका ओली जनयुद्द सकिएपछि कतार प्रवेश गरेका थिए। कतार बसेर पनि ओलीले पार्टीको काम गर्दै आइरहेका छन्। मध्यपूर्वमा लाखौं माओवादीका कार्यकर्ता र समर्थक रहेका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...