News Portal

सबैले आत्मसमीक्षा गरी, ओलीको विकल्प खोज्नैपर्छ: डा. भट्टराई

हिमालीसंचार संवाददाता
४३१ पटक

काठमाण्डौ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । हिजो साझसम्म पनी प्रतिपक्षी दलहरूबीच समझदारी नहुँदा बहुमतको सरकार गठन हुन नसकेको अवस्थामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन् ।

डा. भट्टराईले बिहीबार समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “अदालत, संसद्, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं ।’ प्रतिपक्षी दलहरूबीच वैकल्पिक सरकार गठनका लागि एकता हुन नसक्नु र ओलीको विकल्पमा सरकार गठन हुन नसक्ने अवस्था बन्नुलाई भट्टराईले बिडम्बना भनेका छन् ।

‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’ भट्टराईले लेखेका छन्, ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन् ।’

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ९ बजेसम्मका लागि संविधानको धारा ७६ उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी थिइन् । तर, प्रतिपक्षी दलहरूमा समझदारी हुन नसक्दा वैकल्पिक सरकार बन्न सकेन ।

अब संविधानको धारा ७६ उपधारा ३ अनुसारको संसद्को सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको तयारी भइरहेको छ । उक्त व्यवस्थाअनुसार ओली पुनः प्रधानमन्त्री बन्ने भएका हुन।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...