News Portal

सबैले आत्मसमीक्षा गरी, ओलीको विकल्प खोज्नैपर्छ: डा. भट्टराई

हिमालीसंचार संवाददाता
४७० पटक

काठमाण्डौ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । हिजो साझसम्म पनी प्रतिपक्षी दलहरूबीच समझदारी नहुँदा बहुमतको सरकार गठन हुन नसकेको अवस्थामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन् ।

डा. भट्टराईले बिहीबार समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “अदालत, संसद्, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं ।’ प्रतिपक्षी दलहरूबीच वैकल्पिक सरकार गठनका लागि एकता हुन नसक्नु र ओलीको विकल्पमा सरकार गठन हुन नसक्ने अवस्था बन्नुलाई भट्टराईले बिडम्बना भनेका छन् ।

‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’ भट्टराईले लेखेका छन्, ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन् ।’

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ९ बजेसम्मका लागि संविधानको धारा ७६ उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी थिइन् । तर, प्रतिपक्षी दलहरूमा समझदारी हुन नसक्दा वैकल्पिक सरकार बन्न सकेन ।

अब संविधानको धारा ७६ उपधारा ३ अनुसारको संसद्को सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको तयारी भइरहेको छ । उक्त व्यवस्थाअनुसार ओली पुनः प्रधानमन्त्री बन्ने भएका हुन।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...