News Portal

देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै

हिमालीसंचार संवाददाता
५१६ पटक

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन्। देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए।

उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ। त्यसको तयारी भइरहेको छ। बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल पनि जारी छ।’ देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ।

मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गरेका थिए। ठाकुरका सम्धी उमाकान्त झाको निवासमा उनीहरुबीच छलफल भएको थियो।
देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो।

देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर पक्षका शीर्ष नेतासँग छलफल गरिरहेका छन्। मंगलबार काँग्रेस सभापति देउवाले विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

काँग्रेस नेता रमेश लेखकका अनुसार संविधानको धारा ७६ को २ अनुसार सरकार निर्माणका सन्दर्भमा देउवा निवास बूढानीलकण्ठमा मंगलबार विहान देउवा, प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो। उनीहरुबीचको छलफलपछि दिउँसो ३ बजे बसेको काँग्रेस पदाधिकारी बैठकले ७६ को २ बमोजिम सरकारको दाबी गर्ने निर्णय भएको छ।

देउवाले मंगलबार राति नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षसँग पनि छलफल गरेका थिए। देउवासँग छलफल गर्न माधवकुमार नेपाल र भीम रावल बूढानीलकण्ठ पुगेका थिए। उनीहरुले बहुमतको सरकार निर्माणका लागि सहजता प्रदान गर्न आफूहरु तयार रहेको आश्वासन देउवालाई दिएका थिए। त्यसयता पनि देउवाले शीर्ष नेतासँग टेलिफोन संवाद जारी राखेका देउवाको सचिवालयले जनाएको छ।

देउवाले जसपाको ठाकुुर–महतो पक्षसँग गठबन्धनको सरकार निर्माणका लागि सहमति खोज्ने कुरामा प्राथमिकता दिएका छन्। त्यसका लागि महामन्त्री खड्काले जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग संवाद जारी राखेका छन्।

बुधबार पनि खड्का र भट्टराई टेलिफोन संवाद भएको थियो। त्यसपछि भट्टराईको अग्रसरतामा जसपा पदाधिकारी बैठकमा सत्ता समीकरणबारे छलफल भएको थियो। आज पार्टीभित्र थप छलफल गरेर एकीकृत निर्णय दिने उनको भनाइ छ।

छलफलपछि बहुमतको सरकार निर्माणका लागि ठाकुर केही सकारात्मक भएको काँग्रेस नेताहरुको भनाइ छ। बुधबार प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीलाई बहुमतको सरकार गठनको विपक्षमा जनाउ दिएका ठाकुरले काँग्रेस नेतासँग छलफलमा आफ्ना माग सम्बोधनको ग्यारेन्टी भए सोच्न सकिने जवाफ दिएका थिए।

सत्ता समीकरणबारे पार्टी बैठकमा छलफल गर्न समेत अरुचि देखाउँदै आएका ठाकुरले बुधबारमा केही नरम देखिएको जसपा स्रोत बताउँछ। विपक्षी दलका नेतासँग काँग्रेस नेताहरु नियमित संवादमै रहेको बुझिएको छ। चार पार्टीका नेताबीच आज भेटवार्ता हुने भएको छ। अहिलेसम्म ठाउँ भने तय भइनसकेको काँग्रेस स्रोतले जनायो।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...