News Portal

जनताको आशीर्वादले फेरि मुख्यमन्त्री भएँ, गण्डकीलाई उदाहरणीय प्रदेश बनाउँछु : गुरुङ

हिमालीसंचार संवाददाता
३५५ पटक

पोखरा – पुनःनियुक्ति पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो गण्डकी प्रदेशलाई नेपालको उदाहरणीय प्रदेश बनाउने बताएका छन् । बुधबार साँझ शपथग्रहणपछि प्रक्रिया दिँदै उनले आफू जनताको आशीर्वादले फेरि मुख्यमन्त्रीको पदभार सम्हालेको बताए ।

मुख्यमन्त्री गुरुङले सानाजुक संजाल फेसबुकमा समेत लेखेका छन् “गण्डकी प्रदेशका जनताको आशीर्वाद र कृपाले आज मैले गण्डकी प्रदेशको मुख्यमन्त्री को पदभार सम्हालेका छु । गण्डकी प्रदेशको उन्नति, समृद्धि र विकासका साथ नेपालको उदाहरणीय प्रदेश बनाउने मेरो प्रमुख योजना हो।”

गुरुङले दोस्रोपटक मुख्यमन्त्रीको पदभार सम्हालेपछि पहिलो निर्णय स्वरुप गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गरेका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८/९३० अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...