काठमाडौं – नेकपा (एमाले) नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पदमुक्त गर्न सांसद पदबाट आफूहरुले राजीनामा दिनुपर्ने स्थिति निर्माण भएको बताएका छन्।
सामाजिक सञ्जालमा सक्रिय नेता रावलले थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्यबाट रोक्न र ओलीलाई पदमुक्त गर्न आवश्यक रहेको भन्दै त्यसका लागि सांसद पदबाट राजीनामा गर्नुपर्ने अवस्था आएको बताए।
सांसद पदबाट राजीनामा गर्नु राजनीतिक नैतिक र कानुनी दृष्टिले धेरै उचित भएको दाबी उनको छ।
‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ’, रावलले ट्वीटरमा लेखेका छन्, ‘यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’