News Portal

कांग्रेस नेता पोखरेलले मुख्यमन्त्रीमा खाता खोल्ने, लफडा गर्न खोज्दै एमाले !

हिमालीसंचार संवाददाता
४८८ पटक

पोखरा – नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत गरेको छ। बुधबार कांग्रेसका सांसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेर प्रदेश प्रमुख सीता पौडेलाई पत्र लेखेर दर्ता गराएका हुन्।

नेता पोखरेलले आफूलाई कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन्। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ।

पोखरेलले आफूलाई प्रदेशसभाका चार दलले मुख्यमन्त्रीमा समर्थन गरेको बताएका छन्। सांसदको संख्या भने विश्वासको मत लिँदा प्रदेशसभामा गणना हुने बताएका छन्। पोखरेलले प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन्।

एमालेका नेता समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यन्त्रीका लागि दाबी प्रस्तुत गर्न समय दिइएको थियो। अल्पमतमा हुँदा पनि एमालेले गण्डकी प्रदेशमा अझै पनि सरकार छाड्न आनाकानी गरिरहेको छ।

गण्डकी प्रदेशमा यसअघिका प्रदेश प्रमुख अमिक शेरचनले एमालेको स्वार्थअनुसार काम नगरेको भन्दै कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले हटाएर एमाले नेतृ सीता पौडेललाई प्रदेश प्रमुख बनाएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...