News Portal

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

“ पाटीको निर्देशन निरुद्ध निर्धारित समयसम्म हस्ताक्षर नगरे कृष्ण थापालाई कार्वाही”

हिमालीसंचार संवाददाता
४२६ पटक

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले दिएको निर्देशन विरुद्ध गएकाले उनलाई स्पष्टिकरण सोधिएको हो ।

पार्टीको निर्देशन विरुद्ध गएको र संसदीय दलको ह्वीपलाई समेत उल्लंघन गरेको भन्दै थापालाई स्पष्टिकरण सोधिएको जनमोर्चाले जनाएको छ। पार्टीको निर्णय स्वीकार नगरेकाले स्पष्टिकरण सोधिएको जनमोर्चाका गण्डकीका अध्यक्ष शंकर बरालले बताए ।उनले पार्टीभित्र नियम, विधि, विधान उल्लंघन गरेकाले पार्टीले कारवाही प्रक्रिया अगाडी बढाएको बताए । 

गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न पार्टीले निर्देशन दिए पनि थापाले कांग्रेस नेतृत्व स्वीकार नगर्ने भन्दै हस्ताक्षर गर्न मानेका छैनन् । गत बैशाख १५ गते अविश्वास प्रस्तावमा मतदान तोकिएका दिन बिनासूचना सांसद खिमविक्रम शाही बेपत्ता भएपछि पोखरा आएका पार्टीका महासचिव मनोज भट्टले मंगलबार हस्ताक्षर गराउनका लागि थापाकोमा पुगेका थिए। तर, सांसद थापाले हस्ताक्षर नगर्ने बरु पार्टीको कारबाही खेप्न तयार रहेको अभिव्यक्ती दिएका थिए । त्यसपछि उनीमाथि पार्टीले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

प्रदेशमा जनमोर्चाका ३ सांसद छन् । सांसद पियारी थापा र खिम विक्रम शाहीले हस्ताक्षर गरिसकेका छन् । निर्धारित समयसम्म हस्ताक्षर नगरे थापालाई सांसद पदबाट हटाउने तयारी जनमोर्चाको छ । 

नयाँ सरकार गठनका लागि पाएको समयसीमा आज सकिँदै यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको र उक्त समय सीमा आज दिउँसो ४:०० बजे सकिँदैछ ।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा काँग्रेससहितका दललाई समस्या परेको छ । 

प्रदेशमा ३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ जना संसद ररेका छन् भने १ जना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा रहेका छन् । 

​त्यस्तै, नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् । बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४:०० बजेसम्म दलहरूले बहुमतसहित दाबी गर्न नसकेको अवस्थामा अल्पमतको सरकार बन्नेछ। उक्त अवस्थामा प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले) का संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री बन्नेछन् । यस अवस्थामा मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...