News Portal

  • जसपा अझै एक हुन सकेनन् : “उपेन्द्र-बाबुरामले देउवालाई सघाए महन्थले पनि राष्ट्रपतिलाई पत्र पठाउने”

    “पार्टी विरोधी गतिविधि गरिरहेका एक अर्काको आरोपप्रत्यारोप”

    हिमालीसंचार संवाददाता
    ४२४ पटक

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएर पदमुक्त भएपछि सत्ता गठबन्धनमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टीमा विवाद अझै चुलिँदै गएको छ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेतासँग छलफल गर्न लागेका बेला जसपाको पूर्वराजपा समूहले देउवालाई आफूहरूको समर्थन नहुने बताएका छन्। 

    जसपाका नेता राजेन्द्र महतोले उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागेको आरोप लगाईरहेका छन्। ‘ओली सरकारले अहिले हाम्रो मुद्दाहरू सम्बोधन गरिरहेको उपेन्द्रजीलाई किन नपचेको हो मैले बुझ्न सकेको छैन। हाम्रो कुरा यो कांग्रेस माओवादी केन्द्रको सत्ताको खेलमा नलागौं भन्ने हो। तर उहाँमा सत्तालिप्सा धेरै नै बढेको छ,’ महतोले भने। उनले यसअघि पनि यादव ओली सरकारमा गएको र अहिले देउवाको नेतृत्वमा बन्ने सरकारमा जान आतुर रहेको बताए।

    यसअघि सोमबार प्रधानमन्त्री ओली पदमुक्त भएपछि जसपा अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

    नेता महतोले भने “जसपाका तर्फबाट कसैले सरकार बनाउने दाबी राष्ट्रपतिलाई पठाए अध्यक्ष महन्थ ठाकुरले छुट्टै पत्र पठाउने बताउँछन्। ‘नयाँ सरकार बनाउने भनेर जसपाका कसैले दाबी गरे हामी त्यस्तो सरकार बनाउने पक्षमा छैनौं भन्ने पत्र राष्ट्रपतिलाई पठाउँछौ,’ महतोले भने, ‘उचित समयमा पत्र गइहाल्छ।’ महतोले नेता यादवले पार्टीविरोधी गतिविधि गरिरहेकाले उनी कारबाहीको भागिदार पनि हुने समेत बताएका छन्।

    यादव-भट्टराई समूहले भने ओली प्रतिगमनका नाइके भएकाले उनलाई कुनै पनि हातलमा साथ दिन नसकिने र देउवाको नेतृत्वमा सरकार बनाउने बताएका छन् । उक्त समूहका नेता मोहम्मद इस्तियाक राईले नयाँ सरकार बनाउनेबारे पार्टीले निर्णय गर्ने बताए। ‘ओलीलाई त कुनै हालतमा समर्थन गर्न सकिन्नँ। पार्टीले देउवाको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ भन्ने निर्णय गर्छ। त्यस्तो निर्णय हामी सकभर सर्वसम्मत गर्छौं नभए बहुमतका आधारमा हुन्छ,’ जसपा कार्यकारिणी सदस्यसमेत रहेका राईले भने, ‘हामी तटस्थ बस्ने भन्ने हुँदैन।’

    उनले ठाकुर-महतोले भनेजस्तो ओली सरकारले आफ्ना पार्टीका मुद्दाहरू केही सम्बोधन नगरेको बताए। ‘हिजो मुद्दा लगाउने पनि ओली नै थिए अहिले फिर्ता लिएका मुद्दा पनि गाडी फुटाएको, पेट्रोल छर्किएकोजस्तामा पक्राउ गरेकालाई हो,’ राईले भने,’सांसद रेशम चौधरीलाई छोड्ने, नागरिकता विधेयक पारित गर्ने विषयमा यो सरकारले केही गरेकै छैन।’

    उनले मधेसका मुद्दाबारे ठाकुर-महतोलाई भन्दा आफूहरूलाई बढी थाहा भएको बताए। ‘हामीले मधेस आन्दोलन गर्दा उहाँहरू मन्त्री हुनुहुन्थ्यो। मधेसको मुद्दा के हुन् हामीलाई राम्ररी थाहा छ,’ राईले भने। पार्टीको बहुमतले निर्णय गर्ने भएकाले कसैले कसैलाई कारबाही गर्ने कुरै नआउने उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...