News Portal

बूढानीलकण्ठबाट महन्थ र राजेन्द्र सिधै बालुवाटार

हिमालीसंचार संवाददाता
३२८ पटक

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनीहरु बिहान ११ बजे नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूडानिलकण्ठ गएका थिए। देउवासँगको छलफलपछि उनीहरु सिधै बालुवाटार पुगेका छन् ।

ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने-नदिनेबारे कुनै पनि औपचारिक निर्णय नगरेको जानकारी काँग्रेस सभापति देउवालाई दिएका छन् । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रम ओलीविरुद्ध काँग्रेस र माओवादीसँग गठबन्धन बनाइरहेको बेला ठाकुर बूढानीलकण्ठ पुगेर काँग्रेस सभापतिलाई सो सन्देश दिएका हुन् ।

स्रोतका अनुसार अर्का नेता महतोसँगै बूढानीलकण्ठ पुगेका ठाकुरले देउवासँग विश्वासको मतबारे काँग्रेसको आधिकारिक धारणाबारे प्रश्न गरेका थिए । जवाफमा देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मत हाल्ने यसअघि नै निर्णय गरिसकेको बताएका थिए ।

ठाकुरले भने विश्वासको मतबारे आफ्नो पार्टीले कुनै निर्णय गरिनसकेको र सम्भवतः आजसम्ममा यसबारे औपचारिक निर्णय गर्ने देउवालाई जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...