News Portal

बूढानीलकण्ठबाट महन्थ र राजेन्द्र सिधै बालुवाटार

हिमालीसंचार संवाददाता
३६२ पटक

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनीहरु बिहान ११ बजे नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूडानिलकण्ठ गएका थिए। देउवासँगको छलफलपछि उनीहरु सिधै बालुवाटार पुगेका छन् ।

ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने-नदिनेबारे कुनै पनि औपचारिक निर्णय नगरेको जानकारी काँग्रेस सभापति देउवालाई दिएका छन् । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रम ओलीविरुद्ध काँग्रेस र माओवादीसँग गठबन्धन बनाइरहेको बेला ठाकुर बूढानीलकण्ठ पुगेर काँग्रेस सभापतिलाई सो सन्देश दिएका हुन् ।

स्रोतका अनुसार अर्का नेता महतोसँगै बूढानीलकण्ठ पुगेका ठाकुरले देउवासँग विश्वासको मतबारे काँग्रेसको आधिकारिक धारणाबारे प्रश्न गरेका थिए । जवाफमा देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मत हाल्ने यसअघि नै निर्णय गरिसकेको बताएका थिए ।

ठाकुरले भने विश्वासको मतबारे आफ्नो पार्टीले कुनै निर्णय गरिनसकेको र सम्भवतः आजसम्ममा यसबारे औपचारिक निर्णय गर्ने देउवालाई जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...