News Portal

सांसद डाँगीले शंकर पोखरेलको साथ छोडे, थप कमजोर बन्दै मुख्यमन्त्री पोखरेल

हिमालीसंचार संवाददाता
४२० पटक

बुटवल – अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदाहुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्।

उता आफूलाई एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री दाबी गरिरहेका पोखरेलले भने बिपक्षीहरुलाई पेलेरै जाने रणनीतिमा छन्। समग्रमा आईतबार पोखरेलले चालेको यो कदमले लुम्बिनी प्रदेशमा नयाँ र निषेधको ‘राजनीतिक लडाईँ’ सुरु भैसकेको छ।

त्यसोत, बिपक्षीहरुलाई क्रुद्ध बनाएर मुख्यमन्त्रीको पगरी गुथेका पोखरेल आफ्नो घरभित्रै पनि थप कमजोर बन्दै गईरहेका छन्। मुख्यमन्त्री बन्नकै लागि उनले लिएको हठ उनकै पार्टी सदस्यहरुले रुचाएका रहेनेछन् भन्ने दृष्टान्त पछिल्ला केही घटना क्रमले देखाएको छ। बहुमत दाबी गरेर हस्ताक्षर बुझाएका आफ्नै पार्टीका सांसदहरुले पोखरेलको साथ छोडिरहेका छन्।

यसैक्रममा मंगलबार एमालेकै अर्का प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन्। उनकै गृह जिल्ला दाङबाट प्रदेशसभामा निर्वाचित अमरबहादुर डाँगीले मुख्यमन्त्रीको साथ छोडेका हुन्। डाँगीले कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको गठबन्धनमा लागेर मुख्यमन्त्री पोखरेललाई असहयोग गर्ने निर्णयमा पुगेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए।

डाँगीले बिपक्षी गठवन्धनसंग मुख्यमन्त्रीविरुद्ध जाने सहमति गरिसकेको ति सांसदले जानकारी दिए। माधवकुमार नेपाल-झलनाथ खनाल समूहका डाँगी पहिलेदेखिनै शंकर पोखरेलका आलोचक नेता हुन्। उनले बेलाबेलामा सार्वजनिक रुपमै मुख्यमन्त्रीको आलोचना गर्दै आईरहेका थिए। यो समाचार नागरिकदैनिकमा छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...