News Portal

प्रदेश सांसद निर्मला क्षेत्री भन्छिन् : प्रहरीले मलाई टिपेर फाले, न्यायका लागि कहाँ जाऊँ ?

हिमालीसंचार संवाददाता
४७५ पटक

बुटवल। लुम्बिनी प्रदेशमा प्रहरी र सांसहरूबीच झडप भएको छ। आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय परिसरमा सांसद र प्रहरीबीच झडप भएको हो। प्रदेश प्रमुख धर्मनाथ यादव शंकर पोखरेलाई शपथ खुवान मुख्यमन्त्रीको कार्यालयमा जाने तयारी गरेपछि विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका थिए।

त्यसपछि प्रहरीले सांसदहरूमाथि धरपकड गरेपछि केहीबेर झडप भएको थियो। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले आफूहरूमाथि धरपकड गरेर प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले अनैतिक काम गरेको बताइन्। उनले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको समेत आरोप लगाइन्।

“प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस् भन्दाभन्दै पहिले डीआईजी आएर ममाथि आक्रमण गर्नुभयो। त्यसपछि सबै प्रहरी आएर टिपेर फालियो। न्यायका लागि कहाँ जानुपर्छ हामी मानीयहरू एक ठाउँमा छौ हामीमाथि अमर्यादित क्रियाकलाप भएको छ। प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले अनैतिक काम गरेका छन्। आज ममाथि पनि ठूलो प्रहार भएको छ,” उनले भनिन्।

त्यसक्रममा सांसदहरूले ‘संविधानको रक्षा गर’, ‘बहुमतको कदर गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले प्रदेश प्रमुख, मुख्यमन्त्री पोखरेल र प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए। सांसदहरूले नाराबाजीका बाबजुद प्रदेश प्रमुख यादवले मुख्यमन्त्री कै कार्यालयमा गएर पोखरेललाई शपथ खुवाएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...