News Portal

  • मुख्यमन्त्रीको नियुक्ति शपथ रोक्न चार दलको धर्ना 

    हिमालीसंचार संवाददाता
    २८१ पटक

    बुटवल — नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ ।

    बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको भन्दै उनको शपथ रोक्ने मागसहित ती दलका सांसदहरु धर्नामा बसेका हुन् । कांग्रेस प्रमुख सचेतक फकरुदीन खानले सत्ता र शक्तिको दुरुपयोग गरी एकतर्फी मुख्यमन्त्रीको नियुक्ति गरेकाले नियुक्ति बदर र शपथ रोक्न धर्नामा बसेको बताए ।

    लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले आइतबार दिउँसो एक बजे बहुमत प्रदेशसभा सदस्य आफूमा रहेको मौखिक जानकारी गराउँदै ४ बजेसम्म लिखित हस्ताक्षर लिएर आउने बताएका थिए । दिउँसो ४ बजे ४२ जना सांसदको हस्ताक्षर लिएर गठबन्दन पुग्दा प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    मुख्यमन्त्रीको राजीनामापछि एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम बहुमतको एकल सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहितको निवेदन पेस गरेका थिए । सोही निवेदनका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    कांग्रेस माओवादी गठबन्धनले भने एमालेमा ४१ सदस्य नरहेकाले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन नसक्ने भएकाले मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत भएको दाबी गरेको छ ।

     

    नेकपाबाट चुनाव लडेकी तर एमालेमा संलग्न भनिएकी विमला कुमारी खत्रीले आफूले माओवादी रोजेको बताएकी छन् । उनी दाङको निर्वाचन क्षेत्र ३ को ख की सदस्य थिइन् । यस्तै कपिलवस्तुको २ (१) का दृगनारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् । यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका धर्मलालप्रसाद श्रीवास्तव र अजय शाहीले माओवादी गठबन्धनलाई सघाउने बताइसकेको गठबन्धनको दाबी छ ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...