News Portal

संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था मिलाउन राप्रपाको माग

हिमालीसंचार संवाददाता
३४५ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप ल्याइ सबै नागरिकलाई प्रदान गर्ने व्यवस्था तत्काल गर्न पनि माग गरेको छ।

“संक्रमितहरुको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाइ प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराइ सहज रुपले सम्पूर्ण नेपालीलाई खोप लगाइहाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसँग राप्रपा हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ

उक्त कार्यमा सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको पनि जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...