News Portal

नेकपाका नेता माइला लामा धरौटीमा छुटे

हिमालीसंचार संवाददाता
४३७ पटक

काठमाडौं – नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा जेलबाट रिहा भएका छन्। संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन्। अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन्।

भारतीय लगानीको विरोध गरेको र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो। धरौटी नबुझाएर उनि जेलमा बसेका थिए। सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेताकार्यकर्ता रिहा गर्ने सहमति भएको थियो।

तर, पार्टीले नै धरौटी तिरेर लामालाई रिहा गराएको उनको मुद्दामा बहस गरेका अधिवक्ता एकराज भण्डारीले बताए। माइला विप्लव समूहको अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...