News Portal

केपी ओलीले हामीलाई कारबाही गर्न सक्दैनन् : भीम रावल

हिमालीसंचार संवाददाता
२९५ पटक

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताएका छन्। नेपालको कानून बमोजिम ओलीले आफूहरुलाई कारबाही गर्न नसक्ने उनले दाबी गरे।

बुधबार नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेता रावलले ओलीले पार्टी विधान विपरितका क्रियाकलाप गरेकाले त्यो नरोकिएसम्म आफूहरुको अभियान जारी रहने बताए।

‘उहाँ (केपी शर्मा ओली)ले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा एमालेको विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभयो। कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि।

मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोध्ने गतिविधि गर्नुभएको छ,’ उनले भने, ‘यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन्। र यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई एमालेको सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौं, हामीले यसलाई जारी राख्नुपर्छ।’

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको समेत बताए। सरकारले प्रभावकारी काम गर्नका लागि आव्हान गर्ने निर्णय आफूहरुको भेलाले गरेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...