News Portal

निर्मला हत्याको छानबिन प्रतिवेदन तयार, मंगलबार गृहमन्त्रीलाई प्रतिबेदन बुझाईदै

हिमाली संचार संवाददाता
१६१९ पटक

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण मंगलबारमात्र बुझाउने समितिको तयारी छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले प्रतिवेदन तयार भएको बताए । घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।

समितिका अर्का सदस्य वीरेन्द्र केसीले प्रतिवेदनमा आफूहरुले जे देख्यो त्यही उल्लेख गरेको बताए । ‘प्रतिवेदन तयार भयो । यसमा म सन्तुष्ट छु’ उनले भने, ‘हामीले जे देखेको छौं, त्यही प्रतिवेदनमा लेखेका छौं ।’ प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट समिति सदस्य रहेका केसीले समितिको कामप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए । तर पछि फेरि राजीनामा फिर्ता लिएका थिए ।

प्रतिवेदनमा के छ भन्ने उनले खुलाउन चाहेनन् । तर, यो प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।

साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । प्रहरीले छानबिनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका छानबिन समिति बनेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...