News Portal

  • निर्मला हत्याको छानबिन प्रतिवेदन तयार, मंगलबार गृहमन्त्रीलाई प्रतिबेदन बुझाईदै

    हिमाली संचार संवाददाता
    १५५४ पटक

    काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण मंगलबारमात्र बुझाउने समितिको तयारी छ ।

    समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले प्रतिवेदन तयार भएको बताए । घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।

    समितिका अर्का सदस्य वीरेन्द्र केसीले प्रतिवेदनमा आफूहरुले जे देख्यो त्यही उल्लेख गरेको बताए । ‘प्रतिवेदन तयार भयो । यसमा म सन्तुष्ट छु’ उनले भने, ‘हामीले जे देखेको छौं, त्यही प्रतिवेदनमा लेखेका छौं ।’ प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट समिति सदस्य रहेका केसीले समितिको कामप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए । तर पछि फेरि राजीनामा फिर्ता लिएका थिए ।

    प्रतिवेदनमा के छ भन्ने उनले खुलाउन चाहेनन् । तर, यो प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।

    साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । प्रहरीले छानबिनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका छानबिन समिति बनेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...