News Portal

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ता

हिमालीसंचार संवाददाता
४५३ पटक

काठमाडौँ – राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। आउँदो जेठ ६ गते बिहीबार अन्य समूहतर्फ वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन कार्यक्रम निर्वाचन आयोगले आइतबार स्वीकृत गरेको हो।

स्वीकृत कार्यक्रम बमोजिम वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, २३ गते नै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ।

त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले नाम फिर्ता लिने र वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापाले दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि उक्त पद खाली भएको हो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...