News Portal

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ता

हिमालीसंचार संवाददाता
३९८ पटक

काठमाडौँ – राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। आउँदो जेठ ६ गते बिहीबार अन्य समूहतर्फ वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन कार्यक्रम निर्वाचन आयोगले आइतबार स्वीकृत गरेको हो।

स्वीकृत कार्यक्रम बमोजिम वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, २३ गते नै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ।

त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले नाम फिर्ता लिने र वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापाले दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि उक्त पद खाली भएको हो।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...