News Portal

केपी ओली र ईश्वर पोखरेलविरुद्ध मुद्दा दर्ता, अब कानुनी लडाई

हिमालीसंचार संवाददाता
४३५ पटक

काठमाडौं – नेकपा एमालेका चार नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन्। दर्ता भएको रिट निवेदनमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले फागुन २८ पछि गरेका निर्णय खारेज गर्न माग गरिएको छ।

बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका तर्फबाट तिलकबहादुर थापाको वारेसनामामा दर्ता भएको रिटमा आफूहरुमाथि गरिएका कारवाही र स्पष्टिकरणको निर्णय अवैधानिक र पार्टी विधानविपरित भएकाले उत्प्रेषण, प्रतिषेध र परमादेशको आदेश दिन माग गरिएको छ।

सांसद पदबाट कारबाही गर्ने ओलीको निर्णय दलसम्बन्धी ऐन २०७३ को व्यवस्था विपरित भएकाले खारेज गर्न रिट निवेदनमा माग गरिएको छ।

त्यस्तै, नेकपा एमालेलाई पूर्ववत् हैसियतमा फर्काउने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार अविलम्ब केन्द्रीय कमिटी बैठक बोलाएर २०७५ जेठ २ को अवस्थामा पुर्याउन माग गरिएको छ। रिट निवेदनमा ओली र पोखरेलका साथै निर्वाचन आयोग, सभामुख र संघीय संसद सचिवालयलाई पनि विपक्षी बनाइएको छ।

रिट निवेदनसंगै उनीहरुले प्रमाणका रुपमा ओलीले सोधेको स्पष्टीकरण र त्यसको जवाफ, निलम्वनका प्रतिलिपिहरु, अन्तरपार्टी निर्देशन, नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदनको प्रतिलिपि, एमालेको विधान र नियमावलीसमेत पेश गरेका छन्।

अध्यक्ष ओलीले अस्ति बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाललगायत सो पक्षका संघीय संसदका २७ जनालाई छुट्टै दल बनाएको आरोपमा स्पष्टिकरण सोध्नुभएको थियो। ओलीको उक्त निर्णयविरुद्ध एमालेका चार नेता अदालत पुगेका हुन्। आइतबार मुद्दाको पेसी तोकिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...