News Portal

  • कर्णालीमा मन्त्रिमण्डल पुनर्गठन, कांग्रेस पनि सरकारमा

    हिमालीसंचार संवाददाता
    ३७६ पटक

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन्।

    प्रमुख सचेतक नेपालीका अनुसार मुख्यमन्त्री शाहीले अबको एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी नेताहरुसँग छलफल अगाडि बढाएका छन्। प्रदेशको सत्ता समीकरण नयाँ ढंगले अघि बढेको छ, मुख्यमन्त्रीज्यू संकटका बेला आफूलाई साथ दिने दल र नेताहरूलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी छलफलमा जुट्नु भएको छ,’ प्रमुख सचेतक नेपालीले अनलाइनखबरसँग भनिन्।

    अल्पमतमा परिसकेका मुख्यमन्त्री शाहीलाई अन्तिम समयमा आएर नेपाली कांग्रेस र एमालेको माधव नेपाल समूहका चारजना सांसदले विश्वासको मत दिएका थिए। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट बनाउनका लागि पनि मुख्यमन्त्रीले तत्कालै सरकार पुनर्गठन गर्न आवश्यक रहेको मुख्यमन्त्रीका समन्वय विज्ञ झक्क मल्ल बताउँछन्।

    ‘मुख्यमन्त्रीज्यू मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा जुटिसक्नु भएको छु,’ समन्वय विज्ञ मल्लले भने। कुन मन्त्रालय कसलाई दिने भन्नेबारे छलफल भइरहेको मल्लले बताए। ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...