News Portal

नेपाली कांग्रेसका युवा नेता रविप्रकाश राईले नेपाली राजनीतिमा बिदेशी हस्तक्षेत बढेको आरोप लगाए

हिमालीसंचार संवाददाता
५२७ पटक

सुनसरी– नेपाली कांग्रेस सुनसरी र नेपाल तरुण दल सुनसरीले संयुक्त रूपमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता राईले नेपालको राजनीति अस्थीरता तर्फ उन्मुख हुनुमा बिदेशी शक्तिहरुको हात रहेको बताए । नेता राईले भने “बिदेशी शक्तिहरु सल्बलाउनाले देश कम्जोर हुँदै गयो, त्यसको परिणाम नेपालको राजनीतिक पार्टीहरुमा फुटको स्थीति सृजना भयो,।

नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका युवा नेता राईले देशको राजनीति अस्थीरता तर्फ बढेको बताउदै भने “अहिलेको अवस्थामा राजनीतिक पार्टीका नेताहरु संवेदनशील भइ राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको कुरा मात्र होइन राष्ट्र र माटोप्रतीको बफादारीमा जिम्मेवार बन्नु पर्छ,” । देशमा ढिलो चाँडो देशमा निर्वाचन हुने भन्दै नेता राइले कांग्रेसका नेताहरु राजधानी केन्द्रित नभई जनतास्तरमा पुगेर वास्तविक जनताको अभाव र सपनाका कुराहरु पहिचान गरि सोही अनुरुप दृष्‍टिकोण तयार गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

साथै उहाँले नेपाली कांग्रेस गुटगत राजनीतिमा नभई भावनात्मक एकतामा बाँधिएर निर्वाचनको तयारीमा लग्नुको बिकल्प नरहेको समेत बताए । नेता राईले कांग्रेस पार्टीमा नयाँ नेतृत्व गर्नु खोजी राख्नु हुने हरुले पनि गुट गत राजनीति नै गर्ने हो भने नेतृत्व गर्नु खोज्नुको कुनै औचित्य रहन्दैन भन्दै नेतृत्व गर्नु खोज्नु हुनेहारुले सबै कांग्रेसहरुलाई हेर्ने नजर एउटै पार्नु पर्ने कुरामा जोड दिनु भयो ।

भन्नु भयो अब सबै कांग्रेस जन सचेत हुनु पर्छ हामीले हो पार्टी मज्बुद बनाउने नेताहरु भनेको केवल नयाँ नयाँ बिचार दिने हो र नयाँ बिचार ले मात्र पनि अब पुग्दैन पार्टी मज्बुद पार्नु ब्यभार पनि नयाँ हुनु पर्दछ। हामी कार्यकर्ता हरुनै नेताहरुको भ्रमित र खन्डित कुरामा लगेर बिभाजित भयौ भने कांग्रेस पार्टि झन कम्जोर भएर जाने देखिन्छ। पार्टीलाई मज्बुध बनाउने जिम्मा हन्रो कधमा पनि छ हामी त्यो जिम्मेवार निर्बहा गर्नुलाई तयार हुनु पर्छ। नेता राईले भने

 

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...