News Portal

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले सांसदबाट हटायो

हिमालीसंचार संवाददाता
४६५ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले थापालाई २८ फागुनमा केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। यसअघि माओवादी केन्द्रले दल त्याग गरेर एमालेमा प्रवेश गरेका कैलाली-४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद खारेज गरेको थियो।

तर, प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछि उनीहरु मन्त्री बन्दै छन्। राष्ट्रपति विद्याभण्डारीले पुनर्नियुक्त मन्त्रीहरुलाई आजै साँझ शपथग्रहण गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...