News Portal

नेकपा (माओवादी केन्द्रले) सांसद खोसेका चार जना मन्त्रीको पद समेत गुम्यो

हिमालीसंचार संवाददाता
३६१ पटक

काठमाण्डौ – सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना प्रतिनिधि सभामा सुनाएसँगै ती सांसदको मन्त्री पद पनि गुमेको छ।

नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएको थियो। 

‘उहाँहरू सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हट्नुभयो’, पूर्वसभामुख एवम् प्रतिनिधिसभामा सत्तारूढ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘मन्त्री बन्न अब उहाँहरूलाई प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ।’

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ। उनीहरुले अहिले संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए। 

संविधानविद् एवम् नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले पनि सांसद पद गएका व्यक्तिहरूले मन्त्री कायम रहन पुन: सपथ ग्रहण गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका चार सांसदले सर्वोच्चको फैसलाबाट नेकपा साविकको अवस्थामा फर्किए पनि नेकपा एमालेमै बस्ने निर्णय लिएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...